default_image

8 years ago

September 19, 2017

अभ्यास खेलमा नेपालको विजयी सुरुआत (फोटो फिचरसहित)

141 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– हङकङविरुद्ध यसै महिनाको अन्त्यतिर हुने विश्व कप क्रिकेट लिग (डब्लूसिएल) च्याम्पियनसिपको अन्तिम तयारीका लागि नेपाली टोली यति बेला भारतको चेन्नईमा रहेको छ । ४ वटा अभ्यास खेलका लागि चेन्नइपुगेको नेपाली टोलीले तमिनाडु प्रिमियर लिगको डिन्डिगुल ड्रयागन्सलाई १ सय ५३ को फराकिलो अन्तरले हराउँदै यात्राको सुखद सुरु गरेको छ ।

सोमपाली कामी र बसन्त रेग्मीको अर्धशतकको मद्दतमा ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय १६ बनाएको नेपालले विपक्षीलाई भने ६३ रनमै अलआउट गरेको थियो । टोलीलाई जित दिलाउन सागर पुनले ३, सोमपाल र सन्दीप लामिछानेले समान २ तथा सुशिल कडेल र ललितसिंह भण्डारीले समान १ विकेट लिएका थिए ।

त्यसअघि दबाबकाबीच सोमपाल र बसन्तले सातौं विकेटका लागि १ सय ७ रनको साझेदारी गरेपछि नेपालले सम्मानजनक स्कोर बनाएको थियो । सोमपालले ६६ र बसन्तले अविजित ५६ रन बनाए थिए । ७७ बल खेलेका सोमपालले २ चौका र ४ छक्का प्रहार गरे । बसन्तले ८३ बलमा १ चौका र २ छक्का प्रहार गरे ।

त्यसअघि ८५ रन जोड्दा नेपालले महत्वपूर्ण ६ विकेट गुमाएको थियो । ओपनर ज्ञानेन्द्र मल्ले ३९ अर्का ओपनर सागर पुनले १५ र आसिफ शेखले २१ रन बनाए भने अन्य खेलाडी सस्तैमा आउट भएका थिए ।

डब्लूसिएल च्याम्पियसिप अन्तर्गत नेपाल र हङकङबीच असोजको २७ र २९ गते हङकङमा खेल हुनेछ । नेपाली टोली असोज ११ गते चेन्नईबाट स्वदेश फर्कनेछ ।

तस्बिर सौजन्य : नेपाली क्रिकेट टोलीका व्यवस्थापक एवंम् टेक्निकल एनालिस्ट रमन शिवाकोटी

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.