default_image

8 years ago

September 19, 2017

पोखरा एकेडेमीलाई टि ट्वान्टी क्रिकेट उपाधि

185 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा क्रिकेट एकेडेमी ‘ए’ ले लक्ष्मी लाइटहाउस टि ट्वान्टी टेनिसबल क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा धौलागिरी क्रिकेट क्लब बाग्लुङलाई ६ विकेट हराउँदै पोखराले उपाधि जितेको हो ।

पोखराको अमरसिंह मैदानमा बाग्लुङले दिएको १ सय १२ रनको लक्ष्यलाई आयोजक पोखरा क्रिकेट एकेडेमीले ४ विकेट गुमाउँदै पुरा गरेका थियो । टोलीका लागि म्यान अफ दि म्याच रिजन प्रजुले ३८ रन जोडे । त्यस्तै अरुण अधिकारीले २३, विधान श्रेष्ठले १६ र सुदिप पौडेलले अविजित १७ रन बनाए । धावलागिरीका सन्तोष श्रेष्ठले २ विकेट, विजय विक र रुपेश सिंह समान १ विकेट लिए ।

त्यसअघि टस जितेर व्याटिङ गरेको धौलागिरीले २० ओभरमा ९ विकेटको क्षेतिमा १ सय ११ रन बनाएका थियो । रुपेश सिंहले २० बलमा ३४ रन बनाए । अनिष जिसीले २९ रन जोडे । पोखराका रिजन, आलम खानले समान २ तथा कप्तान चन्द्रकुमार गुरुङ, प्रदीप राउत र विनित श्रेष्ठले समान १ विकेट लिए ।

पोखराका विधान श्रेष्ठ म्याद अफ दी सिरिज, युनाइटेडका सन्जय राना उत्कृष्ट बलर, धौलागिरीका रुपेश सिंह उत्कृष्ट ब्याट्सम्यान घोषित भए । शान्ति टोल क्रिकेट क्लब इमर्जिङ क्लब चुनिए । पोखराले उपाधिसहित ६० हजार र धौलागिरीले ४० हजार रुपैयाँ प्राप्त गर्यो । प्रतियोगितामा १८ टोलीको सहभागिता थियो ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.