8 years ago
September 21, 2017
काठमाडौं (हाम्रो खेलकुद) – भारतको चेन्नइ भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले दोस्रो अभ्यास खेलमा शतक प्रहार गरेका छन् । ज्ञानेन्द्र १ सय रन बनाएपछि रिटायर्ड आउट हुँदै बाहिरिएका छन् ।
मिलानपुर रिक्रियसन क्लबसँगको खेलमा नेपाली टोलीले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको हो । ज्ञानेन्द्रले ओपनरको रुपमा नेपालको इनिङ्ग्स सम्हालेका थिए । अर्का ओपनर सागर पुन २५ रन बनाउँदै आउट भएका थिए ।
विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत यो महिनाको अन्त्यतिर हुने दुई खेलको अन्तिम तयारीका लागि नेपाली टोली भारत यात्रामा निस्केको थियो । नेपाल र हङकङबीच असोज र २७ र २९ मा हङकङमा दुई खेल हुनेछ ।
भारत भ्रणमका चार अभ्यास खेल मध्ये पहिलो खेलमा नेपाली टोलीले डिन्डिगुल ड्रागन्सलाई १ सय ५३ रनको फराकिलो अन्तरले हराएको थियो ।
नेपाली टोली : पारस खडका (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, सागर पुन, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, सुसन भारी र सन्दीप लामिछाने
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]