default_image

8 years ago

September 21, 2017

अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित

122 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अभ्यास खेलमा लगातार दोस्रो जित हासिल गरेको छ । आजको खेलमा उप कप्तान ज्ञानेन्द्र मल्लको शतकबाट प्ररित नेपाली टोली मिलानपुर रिक्रियसन क्लबलाई ५२ रनले पराजित गर्यो ।

दोस्रो अभ्यास खेलमा शतक बनाएका ज्ञानेन्द्र मल्ल । तस्बिर सौजन्य : रमन शिवाकोटी

२ सय ५२ रनको लक्ष्य पछ्याएको मिलानपुरले राम्रो सुरुआत गरेपछि टोलीले ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९९ रनमा बनाउन सक्यो । तर पहिलो विकेटको साझेदारी टुटेपछि भने टोलीले उच्च साझेदारी गर्न सकेन । टोलीका ए रत्नमले अविजित ३५ रन तथा सन्नीकुमार सिंहले १० गणेश मूर्तीले ११ रन जोडे ।

ओपर सुदन सञ्जिव र आर विवेकले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरेका थिए । सुदनले ३७ र विकेक ३८ रन बनाए । नेपालका लागि सागर पुन सुशन भारीले समान २ तथा सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिएका थिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ज्ञानेन्द्रको शतकसँगै ७ विकेटको क्षतिमा २ सय ५१ रन बनाएको छ । ज्ञानेन्द्रले पहिलो विकेटका लागि सागर पुनसँग ६७ रनको साझेदारी गरेका थिए । सागरले २५ रन जोडे भने शरद भेषावकर अर्धशतकबाट २ रनले चुके । शरदले ७३ बलमा ३ चौकाको मद्दतमा ४८ रन जोडे ।

पहिलो अभ्यास खेलमा रनको खाता खोज्न नसकेका कप्तान पारस खड्काले २२ रन बनाए । करन केसीले २०, पहिलो खेलमा अर्धशतक बनाएका सोमपाल कामीले अविजित १६, अरिफ शेखले अविजित ६ र दीपेन्द्र सिंह ऐरीले ३ बनाएका थिए । विनोद भण्डारीले रनको खाता खोल्न सकेनन् । ज्ञानेन्द्रले १ सय २३ बलमा १३ चौका र १ छक्का प्रहार गरेका थिए । रिक्रियसनका लागि गणेश मूर्ती, एभिआर रथनाम र एन हरिशले समान २ विकेट लिएका थिए ।

विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप अन्तर्गत यो महिनाको अन्त्यतिर हुने दुई खेलको अन्तिम तयारीका लागि नेपाली टोली भारत यात्रामा निस्केको थियो । नेपाल र हङकङबीच असोज र २७ र २९ मा हङकङमा दुई खेल हुनेछ । भारत भ्रणमका चार अभ्यास खेल मध्ये पहिलो खेलमा नेपाली टोलीले डिन्डिगुल ड्रागन्सलाई १ सय ५३ रनको फराकिलो अन्तरले हराएको थियो । तेस्रो अभ्यास खेल शनिबार हुनेछ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.