default_image

8 years ago

October 8, 2017

रुस्लान क्रिकेट डिपिएलको मुख्य प्रायोजक

149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद ) – दोस्रो संस्करणको डिपिएल लाई विजय डिष्टिलरीको रुस्लान क्रिकेटले मुख्य प्रायोजन गरेको । डिपिएल रुस्लान क्रिकेटबीच आइतबार एक वर्षका लागि सम्झौता भएको हो 

Ruslan

सम्झौतामा डिपिएलका तर्फबाट अध्यक्ष सुवास बहादुर शाही विजयी डिष्टिलरीको रुस्लान क्रिकेटबाट निर्देशक श्रीहर शम्शेर जंग बहादुर राणाले हस्ताक्षर गरे सम्झौता अनुसार रुस्लान क्रिकेटले डिपिएललाई ३५ लाख नगद उपलब्ध गराउनेछ भने त्यति नै मात्रामा काइन्टमा गरी ७० लाख खर्च गर्नेछ

सम्झौतामा हस्ताक्षर भएपछि विजयी डिष्टिलरीका तर्फबाट मार्केटिङ हेड सुशिल श्रेष्ठले अघिल्लो वर्षबाट नै डिपिएलसँग जोडिएको अहिले मुख्य प्रायोजकको रुपमा जोडिन पाउदा खुशी लागेको बताए डिपिएल आयोजकको लगावलाई हामीले देखेका छौं हामी डिपिएलसँग अघिल्लो वर्षबाटै सहप्रयोजकको रुपमा जोडिएका थियौं सुनिलले भने, ‘सधै राजधानी केन्द्रित प्रतियोगिताहरु भैरहेको अवस्थामा भ्याली बाहिर जाने सोच बनाएर नै हामीले डिपिएलसँग हातेमालो गरेका हौं डिपिएलसँग जोडिदै भ्याली बाहिर हाम्रो उत्पादन कन्ट्रिब्युट गर्नु हाम्रो लागि खुशीको कुरा हो यस्तै डिपिएलका अध्यक्ष सुवास बहादुर शाहीले सामुहिक मिहेनतमा प्रायोजकहरु पाइरहेकोमा खुशी व्यक्त गर्दै यो सबै कर्मको फल रहेको बताएका छन्

यस्तै सिप्यानका महासचिव तथा राष्ट्रिय टिमका कप्तान पारस खड्काले मुख्य प्रायोजन गरेको रुस्लानलाई धन्यवाद व्यक्त गर्दै त्यति बेलाको सर्वाधिक पुरस्कार राशिको क्रिकेट प्रतियोगिता अहिले पनि सर्वाधिक ठुलो सफल हुने बताए

उनले विना संघ विना संस्था पनि घरेलु क्रिकेट क्रमशः फस्टाउदै गइरहेको बताउदै सम्बन्धित निकायले यसलाई पाठको रुपमा सिक्न आग्रह गरे

यो प्रतियोगिताले यसपटक पनि उचाई लिने यो प्रतियोगिताको लागि खेलाडीहरु उत्साहित रहेको कप्तान पारस खड्काले बताए

Paras Khadka

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.