default_image

8 years ago

October 30, 2017

नेत्रहिन क्रिकेट टोलीलाई साहस स्पोर्टस् को प्रायोजन

178 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खेल पोशाक उत्पादक कम्पनी साहस स्पोर्टस् प्रालिले नेत्रहीन क्रिकेट टोलीलाई प्रायोजन गरेको छ । साहस स्पोर्टस्का अध्यक्ष एवंम् प्रबन्ध निर्देशक जनक न्यौपाने र नेत्रहिन क्रिकेट संघ, नेपालका अध्यक्ष पवन घिमिरेले सम्झौता पत्रमा सोमबार हस्ताक्षर गरेका थिए ।


सम्झौता पत्रमा हस्ताक्षर गरेपछि नेत्रहिन क्रिकेट संघ, नेपालका अध्यक्ष पवन घिमिरे र साहस स्पोर्टसका अध्यक्ष जनक न्यौपाने क्रमशः बायाँबाट दोस्रो र तेस्रो । साथमा राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक जगत टमाटा(दायाँबाट दोस्रो) , कप्तान पारस खडका –दायाँ) र नेत्रहिन क्रिकेट टोलीका कप्तान कृतन श्रेष्ठ (बायाँ) । तस्बिर– विवके सुवेदी/हाम्रो खेलकुद

नेपाली नेत्रहिन क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा भाग लिदा आवश्यक खेल्ने र अभ्यासका समयमा आवश्यक पर्ने जर्सी सेट साहसले उपलब्ध गराउनेछ । नेपाली टोलीले सन् २०१८ को जनवरीमा आयोजना हुने नेत्रहिन विश्व कप क्रिकेट प्रतियोगितामा भाग लिने तयारी गरिरहेको छ । उक्त प्रतियोगिताका लागि साहस स्पोर्टसले टोलीका खेलाडी, प्रशिक्षक र अन्य अफिसियल गरि २१ जनालाई २ सेट खेल्ने र १ सेट अभ्यास जर्सी उपलब्ध गराउने बताइएको छ ।

साहसका अध्यक्ष न्यौपानेले टोलीलई विश्व कपका लागि नेपाली टोलीलाई शुभ कामना दिदै कम्पनीले यसअघि राष्ट्रिय एवम् न्यू डायमन्डकी खेलाडी प्रतिभा मालीलाई ‘ब्रान्ड एम्बेसडर’ घोषणा गरेको स्मरण गरेका थिए । साहसले न्यू डायमन्ड भलिबल टोलीलाई जर्सीलाई पनि प्रायोजन गरेको थियो ।

साहसका अध्यक्ष न्यौपानेले नेत्रहिन क्रिकेट टोलीलाई प्रायोजन गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिदै आउने दिनहरुमा यसलाई अझ निरन्तरता दिने बताए । ‘खेल संघ र हाम्रोबीचमा नङ र मासुको जस्तै सम्बन्ध हो ’ अध्यक्ष न्यौपानेले भने, ‘केही फरक गर्ने योजनासहित हामीले नेत्रहिनलाई प्रायोजन गरेका हौं । साथ दिने सबैलाई धन्यावाद ।’ नेत्रहिन क्रिकेट संघका अध्यक्ष घिमिरेले साहस स्पोर्टस्लाई धन्यवाद दिए । अध्यक्ष घिमिरेले नेत्रहिन क्रिकेट टोलीलाई अभ्यासका लागि मैदान अभाव रहेको बताए ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कम सुविधामा पनि नेत्रहिन टोलीले विश्वकप खेलेर उदाहारणीय काम गरेको बताए । त्रिवि क्रिकेट मैदान सबैको मैदान रहेको बताउँदै खाली समयमा आएर प्रशिक्षण गर्न आग्रह गर्दै नेत्रहिन टिमलाई सफलताको शुभ कामना दिए । यस्तै राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमटाले टोलीलाई सफलताको शुभकामना दिदै प्रशिक्षणमा आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल नेत्रहिन क्रिकेट टोलीले पहिलो पटक एकदिवसीय विश्व कप खेल्दैछ । यसअघि नेत्रहीन क्रिकेट टोली २ टि–२० र एक पटक एसिया कप खेलेको थियो । पाकिस्तान नेत्रहिन क्रिकेट परिषद्को आयोजना तथा विश्व नेत्रहिन क्रिकेट परिषद्को सहआयोजनामा पाँचौं एक दिवसिय नेत्रहिन क्रिकेट विश्व कप पाकिस्तान र युएईले आयोजना गर्दै छ । जनवरी १० देखि २५ सम्म हुने विश्व कपका लागि नेपाली खेलाडीको छनोट केहि दिनमा हुने संघले जनाएको छ ।

 

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.