8 years ago
October 31, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू १९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेल नेपालले बंगलादेशसँग खेल्नु पर्ने भएको छ । एसियाली क्रिकेट परिषद् (एसीसी) ले आज सार्वजनिक गरेको खेल तालिका अनुसार मलेसियामा कार्तिक २५ गते सुरु हुने प्रतियोगिताको पहिलो दिन नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।
समूह ‘ए’ मा नेपाल, बंगालदेशसहित भारत र आयोजक मलेसिसया रहेका छ । नेपालको दोस्रो खेल कार्तिक २६ गते भारतसँग खेल्नेछ । समूह चरणको अन्तिम खेल कार्तिक २८ गते नेपालले आयोजक मलेसियाको सामना गर्नेछ । भारत तीन पटकको एसिया कप च्याम्पियन हो ।
गत महिना मलेसियामा मा भएको इस्टर्न रिजन च्याम्पियन बन्दै नेपाल यू–१९ एसिया कपका लागि छनोट भएको थियो ।समूह ‘बी’ मा भने श्रीलङ्का, पाकिस्तान र अफगानिस्तान छन् । अर्को टोलीको टुंगो लाग्न बाँकी छ ।
यसैबीच, नेपाली युवा टोली तीन वटा अभ्यास खेलका लागि सोमबार बंगलादेश पुगेको थियो । बंगलादेश भ्रमणको दौरानमा नेपाली टिमले बंगलादेशको यु–१९ टिमसँग तीन मैत्रीपूर्ण खेल खेल्ने । नेपालले क्रिरा शिखा प्रतिष्ठान (बिकेएसपी) मा तीन वटा अभ्यास खेल खेल्नेछ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]