default_image

6 years ago

December 14, 2017

म्यानमारविरुद्ध नेपालले बनायो ३ सय ५० रन, कप्तान रितको शतक

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले थाइल्यान्डमा जारी एसिसी यू १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता समूह चरणको अन्तिम खेलमा उत्कृष्ट ब्याटिङ गरेको छ । म्यानमारविरुद्धको खेलमा कप्तान रित गौतमले अविजित शतक बनाएपछि नेपालले ३५ ओभरमा ६ विकेट गुमाएर ३ सय ५० रन बनाएको छ । अघिल्ला दुई खेलबाटै सेमिफाइनल पुगिसकेको नेपालका लागि आजको खेल सेमिफाइनलको तयारीका रुपमा […]

29 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले थाइल्यान्डमा जारी एसिसी यू १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता समूह चरणको अन्तिम खेलमा उत्कृष्ट ब्याटिङ गरेको छ । म्यानमारविरुद्धको खेलमा कप्तान रित गौतमले अविजित शतक बनाएपछि नेपालले ३५ ओभरमा ६ विकेट गुमाएर ३ सय ५० रन बनाएको छ ।

अघिल्ला दुई खेलबाटै सेमिफाइनल पुगिसकेको नेपालका लागि आजको खेल सेमिफाइनलको तयारीका रुपमा पनि लिन सकिन्छ । माथिल्लो क्रममा ब्याट्सम्यानले उच्च प्रदर्शन गरेपछि नेपालले ३ सय माथि रन जोडेको थियो । पाँचौं विकेटका लागि कप्तान रित र त्रितराज दासले ९९ रनको ठूलो साझेदारी गरेका थिए । ७८ बल खेलेका रितले १२ चौका साथ अविजित १ सय ६ रन जोडे ।

त्रितले पनि अर्धशतक पुरा गरे । मात्र २९ बल खेलेका त्रितराजले ७ चौका र ३ छक्काको मद्दतमा ६४ रन बनाएका थिए । विशाल विक्रम केसीले ४२ बलमा ७ चौकासहित ४२, ओपनर कुशल मल्लले २३ बलमा ३ चौका र त्यत्तिनै छक्कामा ३६ रन तथा सुवास ऐरले १७ रन जोडेका थिए ।

समूह ‘ए’मा नेपालले दुवै खेल जित्दा म्यानमारले दुवै खेल हारेको छ । म्यानमार प्रतियोगिताबाट बाहिरिसकेको छ । आयोजक थाइल्यान्डलाई पहिलो खेलमा १ सय ३३ रनले हराएको नेपालले अर्को हङकङलाई ४ विकेटले हराएको थियो ।

 

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

April 26, 2024

नेपाली टोलीमा ४ खेलाडी थपिए

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध हुने ५ खेलको टि२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ४ खेलाडी थपिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सिरिजको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा विहीबार घोषणा भएको १६ सदस्यीय टोलीमा नेपाल ‘ए’ बाट ४ खेलाडी थपिएको जानकारी दिएका हुन् । उक्त सिरिजमा उच्च […]

Success

Thank you for your time.