8 years ago
January 6, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौँ नेत्रहीन विश्वकप क्रिकेटको ट्रफी आज पाकिस्तानमा सार्वजनिक गरिएको छ । पाकिस्तान र दुबईमा सोमबारदेखि संयुक्त रुपमा सुरु हुने विश्व कपको ट्रफी लाहोरस्थित पर्ल कन्टिनेन्टलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । नेपालका कप्तान कृतन श्रेष्ठ दुवाल, पाकिस्तानका कप्तान निसार अलि, बंगलादेशका कप्तान तान्जिलुर रहमान र विश्व नेत्रहीन क्रिकेट लिमिटेडका पूर्व अध्यक्ष सुल्तान साहलगातले संयुक्त रुपमा विश्वकपको ट्रफी सार्वजनिक गरे ।
यसअघि प्रतियोगितामा भारतले पनि भाग लिने बताइएको थियो । त्यहाँको विदेश मन्त्रालयले पाकिस्तानमा खेल्न अनुमति नदिएपछि भारतले दुबईमा खेल्ने भएको छ । त्यसैले विश्वकप ट्रफी ३ राष्ट्रका कप्तानले मात्र सार्वजनिक गरेका थिए । यससँगै दुबईमा अस्ट्रेलिया, भारत र श्रीलंकाले विश्वकप खेल्नेछन् ।
सो अवसरमा नेपाली टोली का कप्तानले कृतनले आफ्नो टिमले निकै संर्घष गरेर विश्वकप यात्रा तय गरेको स्मण गर्दै विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य रहेको बताए । उनले भने ‘हामीले सीमित श्रोत साधनका बावजुत राम्रो तयारी गरेका छौँ । आशा छ, त्यही अनुरुप नतिजा पनि लोभ लाग्दो नै रहनेछ ।’
नेपाली टोलीका प्रशिक्षक रिजन प्रजुले भने ‘हामी जित्नकै लागि आएका हौं । हामीले करिब ४ दिनसम्म बसको यात्रा गरेर आएका छौँ । शारीरिक रुपमा हामी निकै थकित भएका छौँ । यद्यपि, जित निकाल्न हामी संघर्षरत छौँ । ४० ओभरको खेल छ, हामीले समालिएर खेल्यौँ भने जित निकाल्ने छौँ ।’
भारतको पाकिस्तान भ्रमण अन्तिम समयमा परिवर्तन भएपछि विश्वकपको खेल तालिका पनि परिवर्तन भएको छ । यसअघि तय भएअनुसार नेपालले पहिलो खेल बंगलादेशसँग ८ जनवरीमा लाहोरमा खेल्ने थियो । तर, तालिका परिवर्तन भएपछि अब नेपालले पहिलो खेल ९ जनवरीमा आयोजक राष्ट्र पाकिस्तानसँग जिन्नाह स्टेडियम गुज्रानवालामा खेल्ने भएको छ ।
दोस्रो खेल १० जनवरीमा बंगलादेशसँग इकबाल स्टेडियमा खेल्नेछ । ११ जनवरीमा भने नेपाल दुबई प्रस्थान गर्नेछ । १३ जनवरीमा दुबईको अजमान ओभल क्रिकेटमा ग्राउन्डमा तेस्रो श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । १४ जनवरीमा नेपालले अजमानकै इडन गार्डेनमा सावित च्याम्पियन भारतसँग खेल्नेछ ।
लिगको अन्तिम खेल नेपालले १५ जनवरीमा अजमानको एमसिसी क्रिकेट ग्राउन्डमा बलियो टोली अस्ट्रेलियाविरुद्ध आफ्नो चुनौती प्रस्तुत गर्नेछ । भारतबाहेकको एसिया राष्ट्र विश्वकपको फाइनलमा पुगेमा फाइनल खेल पाकिस्तानमा हुनेछ । तर,अस्ट्रेलिया अथवा भारत पुगेमा फाइनल खेल दुबईमा हुनेछ । फाइनल खेल १८ जनवरीमा दुबई वा पाकिस्तानको लाहोरमा हुनेछ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]