8 years ago
February 8, 2018
काठमाडौं (हाम्र खेलकुद) – बालुवाटार क्रिकेट क्लब र रोयल पीसी फाइटर समूह ‘बी’ मा अपराजित रहँदै एक खेल अगावै खुकुरी च्यालेञ्जर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । मुलपानी क्रिकेट मैदानमा बिहिबार भएको खेलमा बालुवाटारले लर्डबुद्ध क्रिकेट एकेडेमीलाई १ सय ५ रनको फराकिलो रन अन्तरले तथा रोयलले त्रिमुर्ति ब्वाइजलाई ५८ रनले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएका हुन्।
अपराजित दुवै टिमको ३ खेलबाट ९ अंक छ । तर, नेट रनरेटमा बालुवाटार शीर्ष स्थानमा छ । आइतबार हुने यी दुई बीचको खेलले नै समूह ‘बी’ को विजेता टुङ्गो लगाउनेछ । बालुवाटारले दिएको २ सय ९ रनको विशाल लक्ष्य पछ्याएको लर्डबुद्धले निर्धारत २० ओभरमा ९ विकेट गुमाएर १ सय ३ रनमात्र बनाउन सक्यो ।
लर्डबुद्धका प्रसुन थापामगरले ३४ र अनुप श्रेष्ठले २४ रन बाउनुबाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । एम श्रीवास्तवले १४ तथा पविन्द्र राजभण्डारीले ११ रन बनाए । तीन ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् । लर्डबुद्धलाई सस्तैमा समेट्न शैसव केसीले ३ विकेट लिए । सोनु तामाङ र अमर सिंह राउटेलाले समान २ विकेट लिदा पृथु बास्कोटाले १ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बालुवाटारले मध्यक्रमका ब्याट्सम्यान सोनु तामाङको आक्रामक १ सय ३१ रनको अविजित रन मद्दतमा ४ विकेट गुमाएर २ सय ८ रनको विशाल योगफल तयार पारेको थियो । ५९ बल खेलेका सोनुले १२ चौका र ९ छक्का प्रहार गरे । २६ बलमा अर्धशतक बनाएका सोनुले ५० बलमा शतक पुरा गरेका थिए ।
सुमन उदय र पृथुले समान २६ रन बनाए । ओपनर प्रनित थापामगर ८ रनमा आउट हुदा अमरसिंह राउटेला गोल्डेन डगआउट भए । लर्डबुद्धका तेजेन्द्र राजभण्डारीले २ तथा कृष्ण गजुरेल र प्रसुन थापामगले समान १ विकेट लिए ।
बिहीबारै भएको पहिलो खेलमा रोयलले त्रिमुर्ति ब्वाइजलाई ५८ रनले पराजित ग¥यो । १ सय ८३ रनको लक्ष्य पछ्याएको त्रिमुर्तिले २० ओभरमा ९ विकेट गुमाएर १ सय २४ रनमात्र बनाउन सक्यो । ओपनर हिमांशु दत्तले ५७ रनको अर्धशतकय इनिङ्स खेलेपनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा पराजित हुन पुग्यो ।
आशिष लामा १६ तथा दिनेश कुँवरले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेन । त्रिमुर्तिलाई सस्तैमा समेट्न भेट्रान महबुव आलमले ३ विकेट लिए । धिरज शाही र बसन्त खत्रीले समान २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको रोयल पीसीले ६ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो । ओपनरद्धय प्रकाह विष्ट र शम्शेर चन्दलाई शुन्य रनमा गुमाएको रोयलका नरेश चन्दले अविजित ७५ रनको योगदान दिए । सुवास खकुरेलले ४० तथा रविन जोशीले ३० रनको योगदान दिए ।
त्रिमुर्तिका सन्दिप तामाङले ३ विकेट लिए । विज्ञान गौतम, आशिष लामा र दिनेश कुँवरले समान १ विकेट लिए । प्रतियोगिता अन्र्तगत शुक्रबार समूह ‘डी’ अन्र्तगतको बुटवल क्रिकेट ब्वाइज र टिकापुर क्रिकेट क्लब तथा रौतहट राइजिङ–११ र डिष्ट्रिक स्पोर्टस क्लबबीच खेल हुनेछ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]