default_image

8 years ago

February 8, 2018

नेपालको १ विकेटको रोमाञ्चक जित, वसन्त निर्णायक

232 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा नेपालले नामिबियालाई १ विकेटले पराजित गरेको छ ।

तस्बिर : इएस्पीएन क्रिकइन्फो

 

१ सय ३९ रनको सानो लक्ष्य पछ्याएको नेपालको ८ विकेटको क्षतिमा १ सय ४ रन थियो । तर पुछारका ब्याट्सम्यानले राम्रो प्रदर्शन गरेपछी नेपाल हारबाट जोगियो । नेपालले आफ्नो लक्ष्य ४ बल बाँकीं छँदा पुरा गर्न सफल भएको हो । आज ओपनर दिलिप नाथ तथा आरिफ शेख खाता नखोली पभेलियन फर्के । त्यस्तै १५ रन बनाएका उपकप्तान ज्ञानेन्द्र मल्ल र १९ रन जोडेका कप्तान पारस खड्का पनि क्रिजमा जम्न सकेनन् ।

शरद भेषावकरले नेपालका लागि सर्वाधिक २९ रन जोडे भने आज डेब्यु गरिरहेका रोहित पौडेलले १७ रन बनाए । दिपेन्द्र ऐरी ६ रन, करन केसी ३ रन र सोमपाल कामीको १३ रनमा आउट भए । तर वसन्त रेग्मीको २४ रनको योग्दान नेपालको जितको आधार बन्यो । वसन्तले ४९ औं ओभरमा छक्का तथा अन्तिम ओभरमा चौका प्रहार गर्दै नेपालको रोमाञ्चक जित सुनिश्चित गरेका थिए । नामिबियाका लागि बर्नार्ड स्कोल्ट्जले सर्वाधिक ४ विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले नामिबियालाई ३४.२ ओभरमा १ सय ३८ रनमा अलआउट पार्न सफल रह्यो । नेपालका लागि सन्दिप लामिछानेको बलिङ प्रदर्शन निकै राम्रो रह्यो । ८.२ ओभर बलिङ गरेका सन्दिपले २ मेडेन साथ १८ रन खर्चिँदै ४ विकेट लिए । त्यस्तै सोमपाल कामीले ३ विकेट लिए तथा वसन्त रेग्मी, शरद भेषावकर र पारस खड्काले १-१ विकेट लिएका थिए ।

सोमपाल कामीले पहिलो ओभरमै नेपाललाई विकेट दिलाउन सफल भएका थिए । त्यसपछि आक्रामक ब्याटिङ गरेको नामिबियाको एक स्थितिमा २ विकेटको क्षतिमा ७५ रन थियो । तर नेपाली बलरहरुको कसिलो बलिङले नामिबियाको मिडल अर्डर ध्वस्त गरेको थियो ।

नामिबियाका लागि क्रेग विलियम्सले सर्वाधिक ४१ रन जोडे भने जान फ्राइलिन्क र जेन ग्रिनले समान २२ रन जोड्दा अन्य ब्याट्सम्यानले महत्त्वपूर्ण योग्दान दिन सकेनन् । विलियम्सलाई सन्दिपले नै शिकार बनाएका थिए । नेपालले भोली ओमनको सामना गर्ने छ ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.