8 years ago
February 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत दोस्रो खेलमा नेपाल अहिले ओमानको सामना गर्दै छ । नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको छ । 
पहिलो खेलमा नामिबियालाई एक विकेटले हराएको नेपाल लगातार दोस्रो जित दर्ता गर्ने सुरमा हुनेछ । अोमान पहिलो खेलमा क्यानडासँग ८ विकेटको फराकिलो अन्तरले पराजित भयो । उक्त खेलमा पहिलो ब्याटिङ गरेको अोमान १ सय ६ रनमा अलअाउट भएको थियो । क्यानडाले १६ अौं अोभरमै जित दर्ता गरेको थियो ।
प्रतियोगिताको अंक तालिकामा अोमान पुछारमा रहेको छ । नेपाल भने रनरेटका अाधारमा तेस्रो स्थानमा छ । शुक्रबारै नामिवियाले केन्या तथा क्यानडाले युएईसँग खेल्दै छन् । नेपालले जित हात पारे शीर्ष दुईमा स्थान बनाउने छ । नेपाल र ओमानमा पछिल्ला ४ खेलमा पहिले ब्याटिङ गर्ने टिम नै विजयी भएको छ । नेपालले हिजोको टोलीमा केहि परिवर्तन गरेको छैन ।
डिभिजन-२ को सम्पूर्ण नतिजा तथा तालिका यहाँ हेर्नुहोस्:
नेपालविरुद्ध ओमान: हेड टु हेड
२००७ एसीसी ट्रफि – नेपाल २ रनले विजयी
२००९ एसीसी ट्रफि – ओमान १२ रनले विजयी
२०११ एसीसी ट्रफि – ओमान २ रनले विजयी
२०१३ डिभिजन ३ – नेपाल २८ रनले विजयी
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]