8 years ago
February 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत नेपाल आज ओमानको सामना गर्दै छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभरमा अलआउट हुँदै १ सय ३८ रनको योगफल तयार पार्न सफल भएको छ ।
नेपालको ब्याटिङ प्रदर्शन आज पनि फितलो देखियो । उपकप्तान ज्ञानेन्द्र मल्ल ७ रन बनाउँदै पाँचौं ओभरमा पभेलियन फर्के भने नेपालको अर्का ओपनर दिलिप नाथले १९ रन जोडे । हिजोजस्तै नेपालको मिडल अर्डर आज पनि जम्न सकेन । कप्तान पारस खड्का १७, आरिफ शेख ६, शरद भेषवाकर २२ र दिपेन्द्र ऐरी २० रन बनाउँदै आउट भएका थिए ।
हिजोको खेलका नायक वसन्त रेग्मी पनि आज १ रनमा आउट भए भने आफ्नो दोस्रो खेल खेलिरहेका रोहित पौडेल १४ रनमा आउट भए । करन केसी ४ रनमा आउट भए र सन्दिप लामिछाने पहिलो बलमै बोल्ड भए । सोमपाल कामी १७ रनमा अवजित रहे । ओमानका लागि कलेमुल्लाहले सर्वाधिक ४ विकेट लिएका थिए ।
ओमान केहि बेरमा ब्याटिङ गर्न उत्रिनेछ । नेपाल र ओमान बीचका पछिल्ला ४ खेलमा नेपाल र ओमानले २-२ जित दर्ता गरेका छन् । नामिबिया विरुद्धको जितसँगै नेपालको तालिकामा २ अंक रहेको छ भने क्यानाडाविरुद्धको हारसँगै ओमान तालिकाको पुछारमा रहेको छ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]