7 years ago
February 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपाल ६ विकेटले पराजित भएको छ ।
१ सय ३९ रनको लक्ष्य पछ्याएको ओमानले सो लक्ष्य ३५.१ ओभरमै ६ विकेटको क्षतिमा पुरा गर्यो । ओमानका लागि अकिब इल्यासले सर्वाधिक ४६ रन जोडेका थिए भने बैभव वातेगोएन्करले ३७ रनको पारी खेले । नेपालका लागि सन्दिप लामिछानेले दुई विकेट लिए भने सोमपाल कामी र वसन्त रेग्मीले १-१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभरमा अलआउट हुँदै १ सय ३८ रनको योगफल तयार पार्न सफल भएको थियो । नेपालको ब्याटिङ प्रदर्शन आज पनि फितलो देखियो । उपकप्तान ज्ञानेन्द्र मल्ल ७ रन बनाउँदै पाँचौं ओभरमा पभेलियन फर्के भने नेपालको अर्का ओपनर दिलिप नाथले १९ रन जोडे ।
हिजोजस्तै नेपालको मिडल अर्डर आज पनि जम्न सकेन । कप्तान पारस खड्का १७, आरिफ शेख ६, शरद भेषवाकर २२ र दिपेन्द्र ऐरी २० रन बनाउँदै आउट भएका थिए । हिजोको खेलका नायक वसन्त रेग्मी पनि आज १ रनमा आउट भए भने आफ्नो दोस्रो खेल खेलिरहेका रोहित पौडेल १४ रनमा आउट भए ।
करन केसी ४ रनमा आउट भए र सन्दिप लामिछाने पहिलो बलमै बोल्ड भए । सोमपाल कामी १७ रनमा अवजित रहे । ओमानका लागि कलेमुल्लाहले सर्वाधिक ४ विकेट लिएका थिए । यस जितसँगै ओमानले प्रतियोगितामा आफ्नो अंकको खाता पनि खोलेको छ । नेपालले पर्सी युएईको सामना गर्ने छ ।
December 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) मा आइतवारको पहिलो खेलमा काठमाडौं गुर्खाजले विराटनगर किंग्सविरुद्ध टस जितेको छ । टियु मैदान कीर्तिपुरमा काठमाडौंका कप्तान करण केसीले टस जितेर बलिङ रोजेका हुन् । विराटनगर यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ । काठमाडौं प्लेअफमा स्थान बनाउँन जित आवश्यक छ । पराजित भएमा काठमाडौं प्रतियोगिताबाट बाहिरिने छ । शनिवार पोखरा […]
December 14, 2024
हिमाल खरेल, बिर्तामोड दोस्रो संस्करणको बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर नगरपालिका र दमक नगरपालिकाले खेल्ने भएका छन् । आज प्रतिष्ठानको कार्यालय बुधबारेमा भएको पत्रकार सम्मेलनमार्फत खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगितामा सहभागी झापाका १५ वटै पालिकाका प्रतिनधिबीच टाइसिट ड्र गरिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए । […]
December 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणका अब ३ खेल बाँकी रहेको छ । आइतवार २ तथा सोमवार १ खेलसँगै एनपिएलको पहिलो संस्करणको लिग चरणका खेल सकिनेछ । बाँकी ३ मात्र खेलको नतिजाले प्लेअफमा पुग्ने ३ टोलीको टुंगो लाग्नेछ। त्यसका लागि दौडमा ४ टोली छन् । जनकपुर बोल्ट्सले प्ले अफमा […]