8 years ago
February 11, 2018
काठमाडौँ (हाम्रो खेलकुद) — नेपालले विश्व क्रिकेट लिग डिभिजन २ को कठिन अवस्थामा आइतबार यूएईको सामना गर्दै छ । नामिबिया जारी डिभिजन २ मा नेपाल र यूएई दुवैले समान १ खेल जितेका छन् भने १ खेल गुमाएका छन् ।
पहिलो खेलमा घरेलु टोली नामिबियामाथि १ विकेटको जित रोमाञ्चक जित हासिल गरेको नेपाल नेपाल शुक्रबार दोस्रो खेलमा ओमानसँग ६ विकेटले पराजित भएको थियो । यूएईले पहिलो खेलमा केन्यालाई २ सय १८ रनले हराएको थियो । तर क्यानाडासँग दोस्रो खेलमा टोली २३ रनले पराजित भयो । क्यानाडा पहिलो दुवै खेल जितेर शीर्षस्थानमा छ ।
डिभिजन २ को फाइनल पुग्ने सम्भावना जीवित राख्नका लागि नेपाल र युएई दुवैका लागि आजको खेल महत्वपूर्ण रहेको छ । २०१९ को विश्वकपको छनोटको खुड्किलोको रुपमा रहेको डिभिजन २ को शीर्ष २ मा रहन सफल हुने टोलीले यहि वर्ष मार्चमा हुने जिम्बाबेमा विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछ । डिभिजन २ को पुछारमा रहने दुई टोली रेलिगेसन पर्ने छन् ।
क्यानाडा पहिलो दुवै खेल जितेर शीर्षस्थानमा छ । समान २ अंक भए पनि रनरेटका आधारमा यूएई दोस्रो , नेपाल तेस्रो र ओमान चौथो स्थानमा छन् ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]