default_image

6 years ago

February 11, 2018

टस जितेर नेपाल पहिले फिल्डिङ गर्दै

काठमाडौँ (हाम्रो खेलकुद) — नेपालले विश्व क्रिकेट लिग डिभिजन २ को कठिन अवस्थामा आइतबार यूएईको सामना गर्दै छ । नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । मैदान चिसो भएका कारण खेल निर्धारित १.१५ मा सुरु हुन नसकेको हो । नामिबिया जारी डिभिजन २ मा नेपाल र यूएई दुवैले समान १ खेल जितेका छन् भने १ […]

22 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) — नेपालले विश्व क्रिकेट लिग डिभिजन २ को कठिन अवस्थामा आइतबार यूएईको सामना गर्दै छ । नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । मैदान चिसो भएका कारण खेल निर्धारित १.१५ मा सुरु हुन नसकेको हो ।

नामिबिया जारी डिभिजन २ मा नेपाल र यूएई दुवैले समान १ खेल जितेका छन् भने १ खेल गुमाएका छन् । पहिलो खेलमा घरेलु टोली नामिबियामाथि १ विकेटको जित रोमाञ्चक जित हासिल गरेको नेपाल नेपाल शुक्रबार दोस्रो खेलमा ओमानसँग ६ विकेटले पराजित भएको थियो ।

यूएईले पहिलो खेलमा केन्यालाई २ सय १८ रनले हराएको थियो । तर क्यानाडासँग दोस्रो खेलमा टोली २३ रनले पराजित भयो । क्यानाडा पहिलो दुवै खेल जितेर शीर्षस्थानमा छ । डिभिजन २ को फाइनल पुग्ने सम्भावना जीवित राख्नका लागि नेपाल र युएई दुवैका लागि आजको खेल महत्वपूर्ण रहेको छ ।

२०१९ को विश्वकपको छनोटको खुड्किलोको रुपमा रहेको डिभिजन २ को शीर्ष २ मा रहन सफल हुने टोलीले यहि वर्ष मार्चमा हुने जिम्बाबेमा विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछ । डिभिजन २ को पुछारमा रहने दुई टोली रेलिगेसन पर्ने छन् । क्यानाडा पहिलो दुवै खेल जितेर शीर्षस्थानमा छ । समान २ अंक भए पनि रनरेटका आधारमा यूएई दोस्रो , नेपाल तेस्रो र ओमान चौथो स्थानमा छन् ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.