8 years ago
February 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिता अन्तर्गत नेपाल अहिले युएईसँग भिड्दै छ । नेपालले राम्रो बलिङ प्रदर्शन गर्दै ३१ ओभरमा युएईलाई १ सय १४ रनमै अलआउट गर्न सफल भयो । पानी परेर मैदान भिजेकाले ढिलो सुरु भएको कारण खेललाई ३४ ओभरमा झारिएको थियो ।
नेपालका लागि सन्दिप लामिछानेले फेरि पनि उत्कृष्ट बलिङ प्रदर्शन गरे । उनले ७ ओभरमा ३० रन दिँदै ३ विकेट लिए । त्यस्तै नेपालका लागि सोमपाल कामीले पनि ४ विकेट लिए । पारस खड्काले २ विकेट लिए भने करन केसीले एक विकेट लिएका थिए ।
सोमपाल कामीले पहिलो ओभरमै नेपाललाई विकेट दिलाएका थिए । युएईका लागि साइमन अन्वरले सर्वाधिक ३० रन बनाएका थिए । उनलाई सन्दिपले नै बोल्ड गरेका थिए । नेपाल केहि बेरमा ब्याटिङ गर्न उत्रिनेछ ।
नेपालले आफ्नो पहिलो खेलमा नामिबियालाई १ विकेटले हराएको थियो भने ओमानसँग भने २३ रनले पराजित भएको थियो । युएईको पनि दुई खेलमा १ हार र १ जित रहेको छ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]