8 years ago
February 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो जित दर्ता गरेको छ । नेपालले आफ्नो तेस्रो खेलमा युएईलाई ४ विकेटले हराउन सफल भएको हो ।
३४ ओभरमा १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले सो लक्ष्य ६ विकेटको क्षतिमा २८.५ ओभरमै पुरा गर्न सफल रह्यो । नेपालका लागि कप्तान पारस खड्काले ५१ रनको अर्धशतकीय पारी खेलेका थिए । पारसले ४८ बलको सामना गर्दै २ चौका र ५ छक्का प्रहार गरे ।
नेपालले ओपनरद्वय ज्ञानेन्द्र मल्ल र दिलिप नाथलाई सस्तैमा ५ ओभरभित्रै गुमाएको थियो । शरद भेषवाकर (३ रन) र दीपेन्द्र ऐरी (४ रन) लाई पनि नेपालले सस्तैमा गुमायो । तर पारसको पारी नेपालको जितको आधार बन्यो । अन्त्यमा आरिफ शेख, रोहित पौडेल र सोमपाल कामीले नेपालको जित सुनिश्चित गरेका थिए ।
यसअघि नेपालले राम्रो बलिङ प्रदर्शन गर्दै ३१ ओभरमा युएईलाई १ सय १४ रनमै अलआउट गर्न सफल भएको थियो । पानी परेर मैदान भिजेकाले खेल ढिलो सुरु भएको कारण खेललाई ३४ ओभरमा झारिएको थियो ।
नेपालका लागि सोमपाल कामी र सन्दिप लामिछानेले उत्कृष्ट बलिङ प्रदर्शन गरे । सन्दिपले ७ ओभरमा ३० रन दिँदै ३ विकेट लिए । सन्दिपले आफ्नो पहिलो ओभरमै दुई बलमा दुई विकेट लिँदै खेल नेपालको पक्षमा ढल्काएका थिए । त्यस्तै सोमपाल कामीले ४ विकेट लिए । पारसले बलिङतर्फ पनि २ विकेट लिए भने करन केसीले एक विकेट लिएका थिए ।
सोमपालले पहिलो ओभरमै नेपाललाई विकेट दिलाएका थिए । युएईका लागि साइमन अन्वरले सर्वाधिक ३० रन बनाएका थिए । उनलाई सन्दिपले नै बोल्ड गरेका थिए । नेपालले आफ्नो पहिलो खेलमा नामिबियालाई १ विकेटले हराएको थियो भने ओमानसँग २३ रनले पराजित भएको थियो । नेपालले भोली केन्याको सामना गर्ने छ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]