default_image

8 years ago

February 11, 2018

पराजित भएपनि रोयल खुकुरी कपको क्वार्टरफाइनलमा

109 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रोयल पिसी फाइटर पराजित भएर पनि खुकुरी च्यालेन्जर टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्न सफल भएको छ ।

आइतबार समूह चरणको अन्तिम खेलमा शीर्ष स्थानमा रहेको बालुवाटारसँग ६ विकेटले पराजित भएपनि समूह ‘बी’ को उपविजेताको रुपमा अन्तिम आठमा पुग्न सफल भएको हो ।

रोयलले दिएको १ सय ५९ रनको लक्ष्य बालुवाटारले १८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । बालुवाटारका लागि प्रनित थापामगरले ४८ रनको योगदान दिए । अमरसिंह राउटेला ३० रनमा आउट भए । सिद्धान्तराज शाही २३ रनमा नटआउट रहे । सुमन उदय १९ रन तथा पृथु बास्कोटा १२ रनमा पभेलियन फर्कदा सोनु तामाङ १२ नमा नटआउट रहे । रोयलका धिरज शाहीले २ तथा पुरन विकेले १ विकेट लिए ।

यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको रोयलले ४ विकेट गुमाएर १ सय ५८ रनको योगफल बनाएको थियो । रविन जोशीले ६४ रनको अर्धशतकीय इनिङ्स खेले । सन्दिप सुनार ३२, सुवास खकुरेल २६ रनमा आउट हुदा प्रकाश विष्ट २४ रनमा नटआउट रहे । अमरसिंह राउटेला, क्षितिज सिंह, पृथु बास्कोटा र रितेश सिहले समान १ विकेट लिए ।

आइतबारै भएको अर्काे खेलमा त्रिमुर्ति ब्वाइजले आइओई पुल्चोकलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो र सान्त्वना जित निकाल्यो ।
आइओई पुल्चोकले दिएको १ सय ७१ रनको लक्ष्य त्रिमुर्तिले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो । त्रिमुर्तको जितमा जीवन लम्सालले १ सय ३१ रनको अविजित इनिङ्स खेले । ७८ बल खेलेका जीवनले १३ चौका र ४ छक्का प्रहार गरे । कौशल मिश्र १५ र दिपेन्द्र मगर १३ रनमा आउट भए । आयुस पोखरेल, सुयस अर्याल, नवराज न्यौपाने र मनिष ज्ञवालीले समान १ विकट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुल्चोकले गौरव खड्काको १ सय १६ रनको नटआउट शतकीय रनको योगदानमा १ सय ७० रनको योगफल तयार पारेको थयो । निशुव लुइटेलले ३१ रन जोडे । दिनेश कुँवर, दिपेन्द्र मगर र आशिष लामाले समान १ विकेट लिए ।
प्रतियोगिता अन्तर्गत सोमबार समूह चरणको अन्तिम खेलहरु हुदैछ ।

पहिलो खेलमा मकवानपुर क्रिकेट क्लबले रौतहट राइजिङ–११ र दोस्रो खेलमा टिकापुर क्रिकेट क्लबले अन्तर जिल्ला क्रिकेट क्लबसँग खेल्नेछ । मकवनपुरले क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ भने, रौतहट राइजिङ–११ र अन्तर जिल्ला क्रिकेट क्लबमध्ये एक टोली समूह ‘डी’ बाट क्वार्टरफाइनल प्रवेश गर्नेछन् । प्रतियोगितामा शन्तिनगर युथ क्लब, केसीटीसी, वाई वाई जिएचसिए र त्रिभुवन आर्मीले अन्तिम आठमा स्थान बनाइसकेका छन् ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.