default_image

8 years ago

February 12, 2018

सन्दिप अहिलेसम्म प्रतियोगिताका सर्वाधिक विकेट लिने खेलाडि

104 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आज नेपाली राष्ट्रिय क्रिकेट टोली जारी विश्व क्रिकेट लिग डिभिजन-२ मा केन्याको सामना गर्दै छ । विश्वको आँखा फेरि पनि नेपाली युवा बलर सन्दिप लामिछानेमाथि हुने छ ।

यहि महिना दिल्ली डेयरडेभिल्ससँग आबद्ध भएका सन्दिप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडि हुँदै छन् । आइपिएलमा छनोट भइसकेपछि धेरैको ध्यान सन्दिपको डिभिजन-२ को प्रदर्शनमा मोडिएको पनि छ ।

सन्दिपले सबै अपेक्षाहरुलाई भने अहिलेसम्म न्याय गरेका छन् । तीन खेलको समाप्तिमा सन्दिपले ९ विकेट लिइसके र उनी अहिलेसम्म सर्वाधिक विकेट लिने खेलाडिको सुचीमा अग्रस्थानमा रहेका छन् । यस बीच उनको औसत इकोनोमी पनि ३ को हाराहारीमा छ जुन एक दिवसीय खेलमा निकै प्रभावशाली प्रदर्शन हो ।

सन्दिपले नामिबियासँग ४ विकेट लिँदै म्यान अफ द म्याच भए भने उनले ओमानसँग २ विकेट लिए । हिजो युएईविरुद्ध बलिङ गर्न आएका पहिलो ओभरमै दुई बलमा दुई विकेट लिँदै खेललाई नेपालको पक्ष्यमा पार्न मद्दत गरेका थिए ।

नेपाल अहिले तालिकाको दोस्रो स्थानमा रहेको छ । नेपालले सो कायम राख्न सके विश्वकपको यात्रा थप सहज हुनेछ । कप्तान पारस खड्काले सन्दिपलाई आफ्नो खेल योजनाको महत्त्वपूर्ण हिस्साका रुपमा प्रयोग गर्दै आएका छन् । त्यसैले नेपालको अगाडिको यात्रामा सन्दिपको प्रदर्शनले ठूलो भाग खेल्ने पनि पक्का छ ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.