काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताअन्तर्गत अहिले नेपाल केन्याको सामना गर्दै छ ।
केन्याले आज खेलमा राम्रो सुरुवात गरेको थियो । केन्या एक समयमा बिना क्षति १६ ओभरमा ६५ रन थियो । त्यस बेला बलिङ गर्न आएका सन्दिपले ओपनर एलेक्स ओबान्डालाई आउट गर्दै नेपाललाई खेलमा फर्काएका थिए ।
४१ ओभरको समाप्तिमा ५ विकेटको क्षतिमा केन्याको १ सय २२ रन रहेको छ । ९ ओभर बलिङ गर्दै १६ रन खर्चिँदै ५ मेडेनका साथ सन्दिपले ४ विकेट लिइसकेका छन् ।