8 years ago
February 12, 2018
भैरहवा (हाम्रो खेलकुद) – रुपन्देही क्रिकेट संघले नेपालमै पहिलो पटक क्रिकेट खेलाडी, अम्पायर र अफिसियल तथा दर्शकहरुको जीवन बिमा गरेको छ । संघले फागुन १ गतेबाट सुरु हुने नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै दुर्घटना बिमा गरेको संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लले बताए ।
खेलाडी, अम्पायर, अफिसीयल र खेल हेर्ने दर्शकलाई हुन सक्ने सम्भावित दुर्घटनालाई लक्षित गरी संघले दुर्घटना बिमा गरेको बताइएको छ । खेल संचालन हुनु एक दिन अघि सोमबार संघ र सगरमाथा इन्स्योरेन्स कम्पनी लि. भैरहवा शाखाबीच दुर्घटना बिमामा सहमति भएको हो ।
सहमति पत्रमा सगरमाथा इन्स्योरेन्स कम्पनीका क्षेत्रीय प्रबन्धक गोपाल ज्ञवाली र क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले हस्ताक्षर गरेका छन् । प्रबन्धक ज्ञवालीका अनुसार खेल अवधिभर रंगशाला भित्र खेलाडी, अम्पायर, दर्शक मध्ये कसैको दुर्घटना भएमा उपचार खर्च र मृत्यु भएमा मृतकलाई कम्पनीले पाँच लाख उपलब्ध गराउने छ ।
सहमति पत्र हस्ताक्षर कार्यक्रममा जिल्ला सदस्य खेमराज भुषालको पनि उपस्थिती थियो । खेलाडी, अम्पायर, अफिसीयल र दर्शकहरुको दुर्घटना बिमा पछि क्रिकेट खेलमा रुपन्देहीले अझ फडको मार्ने निश्चित भएको सदस्य भुषालले बताए ।
दुई दशक अघि २०४५ सालमा स्थानिय अन्तर क्लब क्रिकेट हुदा स्थानिय युवा ब्याट्सम्यान सुरेश श्रेष्ठको टाउकोमा बलले लागेर निधन भएको थियो । बलले टाउकोमा लागेपछि गंभिर भएका श्रेष्ठको ३ दिनपछि निधन भएको थियो ।
सो घटनालाई समेत स्मरण गर्दै खेल मैदानमा खेलका क्रममा हुने कुनै पनि दुर्घटनालाई लक्षित गरी बिमा भएको सचिब संजय गुरुंगले बताए ।नेपाली खेलकुदको ईतिहासमा आयोजक सस्थाले खेलाडी, अम्पायर, अफिसीयल र दर्शकहरुको दुर्घटना बिमा गरेको यो पहिलो पटक हो ।
रुपन्देही सुपर लिगमा २१ क्लब
रुपन्देही क्रिकेट संघको आयोजनामा मंगलबारदेखि (फागुन १ बाट) सुरु हुने नेपाल टेलिकम सुपर लिग क्रिकेट प्रतियोगितामा रुपन्देही जिल्लाका २१ क्लबको सहभागिता हुने भएको छ ।भैरहवास्थित सिद्धार्थ रंगशालामा आयोजना हुने रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता हुन लागेको संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए ।
जसमा (ए) डिभिजनका ८ क्लब छन् भने बाकी (बी) डिभिजनका १३ क्लब छन् । प्रतियोगिताको सुरुमा (बी) डिभिजनका १३ क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यसबाट उत्कृष्ट चार टिमलाई छनौट गरी (ए) डिभिजनका टिममा समावेश गरी १२ टिमबीच सुपर लिगमा प्रतिस्पर्धा गराइने अध्यक्ष मल्लले बताए ।
प्रतियोगितामा विजेता क्लबले उपाधिसहित ७० हजार र दास्रो हुने टोलीले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको म्यान अफ दी सिरिजले १० हजार तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसतै हरेक खेलको म्यान अफ दी म्याचले १ हजार रुपैयाँ प्राप्त गर्नेछन् । फागुन २६ गतेसम्म चल्ने प्रतियोगिताका लागि झन्डै ७ लाख रुपैयाँ खर्च हुने लिग संयोजक संयोजक विनय ज्ञवालीले जानकारी दिए ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]