8 years ago
February 13, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपालले बुधबार आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ को अन्तिम खेल खेल्दैछ । नेपाली क्रिकेटको भविष्य निर्धारण गर्ने यात्राका रुपमा हेरिएको डिभिजन २ को शीर्ष दुईमा पर्न संघर्ष गरिरहेको छ । बुधबार हुने आफ्नो अन्तिम खेलमा नेपालले क्यानडाको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउसो १ बजेपछि विन्डहोकस्थित वन्डरस क्रिकेट मैदानमा हुनेछ ।
मंगलबार आयोजक नामिवियाले केन्यालाई पराजित गरेपछि नेपाल नेटर रन रेटमा पछि पर्दै तेस्रो स्थानमा झरेको छ । नेपालले शीर्ष दुईमा रहेर जिम्वावेमा हुने विश्वकप छनोटमा छानिनको लागि बुधबारको खेलमा क्यानडालाई पराजित गर्नुपर्ने हुन्छ । क्यानडासँग पराजित भएको खण्डमा नेपाल डिभिजन–२ मै रहनेछ ।
नामिवियाले युएईंलाई पराजित गरे विश्वकप छनोटको लागि छानिनेछ भने, युएईंले नामिवियालाई पराजित गरे राम्रो नेट रनरेट हुने टोली शीर्ष दुईमा रहनेछ । क्यानडा, नामिविया र नेपालको ४ खेलबाट समान ६ अंक रहेको छ । ४ खेलबाटै ४ अंक जोडेको युएईंको नेट रनरेट राम्रो रहेको छ ।
नामिवियामा बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टोलीको ब्याटिङ निकै खराव रहेको छ । यद्दपी टोलीले केन्यासँगको खेलमा भने धर्यतापूर्वक ब्याटिङ गरेको थियो । नेपालले बुधबार पनि आफ्नो ब्याटिङमा सुधार गर्नुपर्ने आवश्यक छ । डिभिजन–२ भन्दा अघि बढ्न बलिङ र फिल्डिङमा उच्च प्रदर्शन गरिरहेको नेपाली खेलाडीको ब्याट चल्नैपर्ने हुन्छ ।
चार खेलमध्ये नेपालका एकाध खेलाडी बाहेक अन्य खेलाडी ब्याटिङमा जम्न सकेका छैनन् । कप्तान पारस खड्काले युएईंविरुद्धको खेलमा ५१ रन र केन्याविरुद्धको खेलमा ४२ रन बनाउदा, केन्याविरुद्धको खेलमा युवा ब्याट्सम्यान राहित कुमार पौडेल र आरिफ शेखले ४७ र ४२ रन बनाउनु बाहेक नेपालको ब्याटिङ प्रदर्शन निकै फितलो छ ।
यता, युवा खेलाडीहरुको बाहुल्य रहेको क्यानडाले डिभिजन–२ मा उच्च प्रदर्शन गरिरहेको छ । क्यानडाले आफ्नो पहिलो खेलमा ओमानलाई ८ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा युएईंलाई २३ रनले पराजित गर्दा केन्यालाई ५९ रनले पराजित गरेको थियो । नामिवियासँग १७ रनले पराजित भएको थियो ।
हेड टु हेड
एक दिवसीय क्रिकेटमा नेपाल र क्यानडाले मात्र दुई खेल खेलेका छन् । दुवै टोलीले समान १–१ खेल जितेका छन् । २०१४ को विश्वकप छनोटमा नेपाल क्यानडासँग १२ रनले पराजित भएको थियो । तर, २०१५ को डिभिजन–२ मा नेपालले बदला लिँदै क्यानडामाथि ७ विकेटले हराएको थियो । यस्तो अवस्थामा दुवै टोली इतिहास आफ्नो पक्षमा पार्ने लक्ष्यका बुधबार मैदान उत्रनेछ ।
सन् २०१४ जनवरीमा न्युजिल्याण्डमा भएको विश्वकप छनोटमा नेपाल १२ रनले पराजित भएको थियो । ४१ ओभरमा झारिएको खेलमा क्यानडाले दिएको २ सय ५६ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेट बनाएर २ सय ४३ रन बनाएको थियो । त्यतिबेला ८६ रन बनाएको उपकप्तान ज्ञानेन्द्र मल्ल यसपटक ब्याटिङमा जम्न सकेका छैनन् ।
यस्तै सन् २०१५ जनवरीमा भएको डिभिजन–२ कै खेलमा नेपालले क्यानडालाई ७ विकेटले पराजत गरेको थियो । क्यानडाले दिएको १ सय १५ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर पूरा गरेको थियो ।
त्यतिबेला नेपालका लागि कप्तान पारसले ७७ रन बनाउदा उपकप्तान ज्ञानेन्द्र मल्ल ३२ रनमा अविजित रहेका थिए । डिभिजन–२ कै लागि नेपाल अहिले नामिवियामा छ । नामिवियामा नेपाल त्यही जितलाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । अनि क्यानडालाई पराजित गर्दै एक दिवसीय विश्वकपको छनोटको ढोका खोल्नेछ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]