8 years ago
February 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गतको आजको महत्त्वपूर्ण खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।
मंगलबार आयोजक नामिवियाले केन्यालाई पराजित गरेपछि नेपाल नेटर रन रेटमा पछि पर्दै तेस्रो स्थानमा झरेको छ । नेपालले शीर्ष दुईमा रहेर जिम्वावेमा हुने विश्वकप छनोटमा छानिनको लागि आजको खेलमा क्यानडालाई पराजित गर्नुपर्ने हुन्छ । क्यानडासँग पराजित भएको खण्डमा नेपाल डिभिजन–२ मै रहनेछ ।
नामिवियाले युएईंलाई पराजित गरे विश्वकप छनोटको लागि छानिनेछ भने, युएईंले नामिवियालाई पराजित गरे राम्रो नेट रनरेट हुने टोली शीर्ष दुईमा रहनेछ । क्यानडा, नामिविया र नेपालको ४ खेलबाट समान ६ अंक रहेको छ । ४ खेलबाटै ४ अंक जोडेको युएईंको नेट रनरेट राम्रो रहेको छ ।
डेब्युमा गोल्डेन डक आउट भएका अनिल शाहको स्थानमा फेरी दिलिप नाथ आएका छन् । नेपाली टोलीमा अन्य परिवर्तन भने छैन ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]