default_image

8 years ago

February 14, 2018

नेपाल विश्वकप छनोटमा, रोमाञ्चक जितमा करनको चमत्कारी ब्याटिङ्ग

159 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताको खेलमा नेपालले क्यानाडालाई रोमाञ्चक ढंगले पराजित गरेको छ । यस जितसँगै नेपालको २०१९ विश्वकप खेल्ने सम्भावना पनि जीवित रहेको छ । १ सय ९५ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम बलमा १ विकेटको शानदार जित दर्ता गर्‍यो ।


नेपालको टप अर्डर आज पनि चल्न सकेन । दिलिप नाथले ४१ रन जोड्दा अन्य ब्याट्सम्यानले महत्त्वपूर्ण योग्दान दिन सकेनन् । ज्ञानेन्द्र मल्ल ९ रनमा आउट भए भने पारस खड्का खातै नखोली पभेलियन फर्के । शरद भेषवाकर पनि १ रनमा आउट भएका थिए । दीपेन्द्र ऐरीले भने १८ रनको योग्दान दिए ।

केन्याविरुद्ध महत्त्वपूर्ण साझेदारी गरेका आरिफ शेख र रोहित पौडेल आज पनि लयमा देखिए । रोहित २७ रनमा र आरिफ २६ रनमा आउट भएका थिए । तर दशौं नम्बरमा आएका करन केसीको चमत्कारी ब्याटिङमा नेपाल विजयी भयो ।करनले  ४२ रन बनाउँदा अन्तिम विकेटका लागि सन्दिप लामिछानेले उनको राम्रो साथ दिएका थिए ।

यसअघि टस जितेर पहिले बलिङ रोजेको नेपालले क्यानाडालाई ८ विकेटको क्षतिमा १ सय ९४ रनमै सीमित पारेको थियो । क्यानाडाका लागि ओपनर श्रीमन्थ विजेरत्नेले १ सय ३ रनको शानदार पारी खेले । उच्च लयमा रहेका रुभिन्दु गुनसेकरा र कप्तान नितिश कुमार पनि आज सस्तैमा आउट भएका थिए ।

आज नेपालका लागि बलिङमा नायक वसन्त रेग्मी रहे । उनले महत्त्वपूर्ण समयहरुमा ३ विकेट लिएका थिए । त्यस्तै आज सन्दिप लामिछानेलाई भने घुंडाको चोटले सतायो । चोटिल हुनु अघि ५ ओभरमा ७ रन खर्चेका सन्दिपले चोटपछि मैदान फर्किँदा केही महँगो सावित भए । करन केसी र शरद भेषवाकरले पनि एकएक विकेट लिएका थिए ।

अब नेपालसहित युएई र नामिबिया मध्ये एक टोलीले मार्चमा जिम्बावेमा हुने विश्व कप छनोटमा भाग लिने छ । विश्वकप छनोटको अन्य टोलीहरुमा वेष्ट इन्डिज, अफगानिस्तान, आयरल्यान्ड, जिम्बावे, नेदरल्यान्ड्स, स्कटल्यान्ड, हङकङ र पपुवा न्यु गिनी रहेका छन् । यी १० टोलीमध्ये शीर्ष दुई टोली २०१९ विश्वकपमा छनोट हुने छन् ।

९:४० मा समाचार सच्याइएको ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.