8 years ago
February 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत हिजो क्यानाडालाई १ विकेटले पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा पुगेको नेपालले उपाधिका लागि आज दोस्रो स्थानको युएईसँग खेल्दै छ । यसअघि राउन्ड रबिनको खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको थियो ।
युएईले हिजै नामिबिया विरुद्ध जित दर्ता गर्दै तालिकामा दोस्रो स्थानमा उक्लेको थियो । नेपालको ५ खेलमा ४ जितसहित ८ अंक रहेको छ भने युएई, क्यानाडा र नामिबियाको समान ६ अंक भएपनि नेट रन रेटको आधारमा युएई दोस्रो भएको हो ।
डिभिजन २ को शिर्ष दुई टोली नेपाल र युएई दुवैले जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाई सकेका छन् । आजको विजेताले वेष्ट इन्डिज, आयरल्यान्ड र नेदरल्यान्ड्ससँगको समूहमा स्थान पाउनेछ भने उपविजेता अफगानिस्तान, स्कटल्यान्ड र हङकङसँगको समूहमा रहनेछ । राउन्ड रोबिन र त्यस पश्चात नक-आउट प्रणालीमा खेलिने सो प्रतियोगिताका १० टोलीमध्ये शीर्ष दुई टोली इङ्ग्ल्यान्ड र वेल्समा हुने २०१९ विश्वकपमा छनोट हुने छन् ।
त्यस्तै तेस्रो स्थानको खेलका लागि आज नै क्यानाडा र नामिबिया र पाँचौ र छैटौं स्थानका लागि केन्या र ओमान भिड्ने छन् । पाँचौ र छैटौं स्थानका दुवै टोली डिभिजन ३ मा घटुवा हुने भएकाले केन्या र ओमान डिभिजन ३ मा खेल्ने निश्चित भै सकेको छ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]