default_image

8 years ago

February 15, 2018

पारसको शतक बावजुद नेपाल फाइनलमा पराजित, बन्यो उपविजेता

166 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गतको फाइनल खेलमा नेपाल युएईसँग ७ रनले पराजित भएको छ । यससँगै युएई डिभिजन-२ को विजेता बनेको छ । नेपाल र युएईले यसअघि नै विश्वकप छनोटमा स्थान बनाइ सकेका थिए ।

अब युएई विश्वकप छनोटमा समूह ‘ए’ मा वेष्ट इन्डिज, आयरल्यान्ड, पपुवा न्यु गिनी र नेदरल्यान्ड्ससँग स्थान पाउनेछ भने नेपाल समूह ‘बी’ मा अफगानिस्तान, स्कटल्यान्ड, जिम्बावे र हङकङसँग रहनेछ ।

२ सय ७८ रन पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा केवल २ सय ७० रन बनाउन सफल भयो । नेपालका लागि आज पारस खड्काले शानदार ब्याटिङ गरे पनि जित दिलाउन सकेनन् । पारसले १ सय ३ बलको सामना गर्दै १ सय १२ रन जोडेका थिए । उनले शतक बनाए पनि हार निश्चित भएको कारण ब्याट उचालेनन् ।

नेपालका लागि ओपनर ज्ञानेन्द्र मल्लले २४ तथा दिलिप नाथले १३ रन बनाएका थिए । दिपेन्द्र ऐरीले ३५ रन, शरद भेषावकरले ३० रन र रोहित पौडेलले २३ रन जोड्दै पारसलाई राम्रो साथ दिएका थिए । तर आज आरिफ शेख र हिजोको खेलका नायक करन केसी सस्तैमा आउट भए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्दै युएईले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा २ सय ७७ रन जोड्न सफल भएको थियो । युएईका लागि ओपनर अश्फाक अहमदले १ सय १४ रनको शतकीय पारी खेले ।

१ सय १० बलको सामना गर्दै उनले १० चौका र ३ छक्का पनि प्रहार गरेका थिए । उनलाई अर्का ओपनर रोहन मुस्ताफाले ५१ रन बनाउँदै राम्रो साथ दिएका थिए । त्यस्तै आक्रामक ब्याटिङ्ग गर्दै शाइमन अनवरले ४० रन बनाएका थिए ।

आज नेपालको बलिङ अघिल्ला खेलहरु जस्तो प्रभावकारी भने रहन सकेन । नेपालका लागि वसन्त रेग्मी, सोमपाल कामी र सन्दिप लामिछानेले एकएक विकेट लिए । त्यस्तै अर्को विकेट रन आउट मार्फत भएको थियो । शानदार ब्याटिङ गरिरहेका अश्फाकलाई सन्दिपले आउट गरेका थिए । सन्दिपसँगै ओमानको बिलाल खानको पनि प्रतियोगितामा सर्वाधिक १७ विकेट रहेको छ ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.