default_image

8 years ago

February 15, 2018

विश्वकप छनोटको पहिलो खेलमा नेपालले जिम्बाब्वेको सामना गर्ने

143 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत युएईसँग फाइनलमा पराजित भएपछि विश्व कप छनोटको समूह ‘बी’ मा अटाएको नेपालले छनोट अन्तर्गतको पहिलो खेलमा आयोजक जिम्बाब्वेको सामना गर्नेछ ।

nepali cricket

छनोट चरणमा १० राष्ट्रको सहभागिता रहनेछ, जो दुई समूहमा विभाजित छन् । डिभिजन २ को विजेता युएई, वेष्ट इन्डिज, आयरल्यान्ड, पपुवा न्यु गिनी र नेदरल्यान्ड्स समूह ए मा छन् भने समूह ‘बी’ मा नेपाल, अफगानिस्तान, स्कटल्यान्ड, जिम्बावे र हङकङसँग छन् ।

मार्च ४ मा समूह ‘बी’ को पहिलो खेलमा नेपालले ९ पटक विश्व कपमा सहभागिता जनाएको जिम्बाब्वेको सामना गर्नेछ । त्यस्तै नेपालले मार्च ८ मा स्कटल्याण्ड, १० मा अफगानिस्तान तथा १२ मार्चमा हङकङको सामना गर्नेछ ।

छनोट चरणका शीर्ष २ टोलीले २०१९ मा इंग्ल्याण्ड र वेल्शमा हुने क्रिकेट विश्व कपमा स्थान बनाउने छन् । दुई समूहका शीर्ष ३ का टोलीले सुपर सिक्समा प्रतिस्पर्धा गर्नेछन् , जसबाट दुई शीर्ष टोलीले फाइनल खेल्नेछन् भने दुवै समूहका पुछारका २ टोलीले सातौँ, आठौँ, नवौं र दशौँ स्थान छिनोफानो गर्न प्ले अफ खेल्नेछन् ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.