8 years ago
February 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – बालुवाटार क्रिकेट क्लब खुकुरी च्यालेन्जर टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) लाई ८ रनले पराजित गर्दै बालुवाटार खुकुरी च्यालेन्जर टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको हो । बालुवाटारले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याएको केसीटीसीले ६ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।
केसीटीसीका लागि आदिल खानले ३२ रन जोडे । दुर्गेश थापा २१ रन, सुमित महर्जन १९, विवेक रानामगर १७ र सुधिर चौधरी १२ रनमा आउट भए । बालुवाटारका अमरसिंह राउटेलाले ४ तथा पृथु बास्कोटाले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बालुवाटारले ९ विकेट गुमाएर १ सय ५१ रनको मध्यम योगफल बनाएको थियो ।
बालुवाटारका लागि अमरसिंह राउटेलाले सर्वाधिक ३३ रन बनाए । प्रनित थापामगर २७ रनमा आउट हुदा पुथु बास्कोटा २५ रनमा पभेलियन फर्किए । सोनु तामाङले २३ रन जोडे । सुमित झाले ३ विकेट लिए । सञ्जय बस्नेतले २ तथा नन्दन यादवले १ विकेट लिए ।
च्याम्पियन बनेसँगै बालुवाटारले ३ लाख रुपैया प्राप्त गर्यो । उपविजेता बनेको केसीटीसीले १ लाख रुपैयमा चित्त बुझायो । बालुवाटारका क्षितिज पराजुली प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले २० हजार रुपैया प्राप्त गरे । टिकापुर क्रिकेट क्लबका रविन्द्रजंग शाही उत्कृष्ट ब्याट्सम्यान, त्रिभुवन आर्मी क्लबका अविनास बोहोरा उत्कृष्ट बलर घोषित भए ।
वाइवाई जिएचसिएका सागर ढकाल प्रतियोगिताबाट उदियमान खेलाडी बने । सबैले समान १०–१० हजार प्राप्त गरे । विजयी खेलाडीहरुलाई नेपाल क्रिकेट संघ (क्यान) का पूर्व अध्यक्ष विनयराज पाण्डे र पूर्वउपाध्यक्ष उपेन्द्र भट्टराईले पुरस्कृत गरे । गत माघ १० गतेबाट शुरु भएको प्रतियोगितामा विभिन्न १६ क्लबहरुले लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]