default_image

8 years ago

February 18, 2018

पहिलो टि-२० मा भारत दक्षिण अफ्रिका विरुद्ध विजयी

163 views

0 Bookmark

जोहानसबर्ग (एजेन्सी) – भारतले दक्षिण अफ्रिका विरुद्धको तीन खेलको टि-२० श्रृंखलाको पहिलो खेल २८ रनले जितेको छ ।

पहिले ब्याटिङ गर्दै भारतले निर्धारित २० ओभरमा २ सय ३ रन जोड्न सफल भएको थियो । भारतका लागि ओपनर शिखर धवनले ७२ रनको शानदार पारी खेले । उनले ३९ बलमा १० चौका र २ छक्काको मद्दतमा भारतलाई राम्रो स्कोरमार्फत डोर्‍याएका थिए । अन्य ब्याट्सम्यानहरुमा रोहित शर्माले २१, सुरेश रैनाले १५, विराट कोहलीले २६, मनिश पाण्डेले २९, एमएस धोनीले १६ र हार्दिक पाण्डेयाले १३ रनको पारी खेलेका थिए ।

दक्षिण अफ्रिकाका लागि जुनियर डालाले २ विकेट लिन सफल भएका थिए भने जवाफमा घरेलु टोली दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा १ सय ७५ रन मात्र बनाउन सक्यो । टोलीका लागि ओपनर रिजा हेन्ड्रिक्सले सर्वाधिक ७० रन जोडे भने मिडल अर्डरका फर्हान बेहारडेनले ३९ रनको योग्दान दिंदा अन्य ब्याट्सम्यानले महत्त्वपूर्ण योग्दान दिन सकेनन् ।

भारतका लागि तीव्र गतिका बलर भुवनेश्वर कुमारले ५ विकेट लिएका थिए । त्यस्तै जयदेव उनाद्कट, हार्दिक पाण्डेया र युज्बेन्द्र चहलले पनि एकएक विकेट लिए । यसअघि दक्षिण अफ्रिकाले टेष्ट श्रृंखला २-१ ले जितेको थियो भने भारतले एक दिवसीय श्रृंखला ५-१ ले जित्न सफल भएको थियो । दोस्रो टि-२० खेल बुधबार खेलिने छ ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.