default_image

8 years ago

February 19, 2018

सरकारले विश्वकप छनोटमा पुग्ने क्रिकेट टोलीलाई पुरस्कृत गर्ने

162 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सरकारले जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटमा पु¥याउन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जनही ३ लाख पुरस्कार दिने घोषणा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार एकदिवसीय विश्वकप छनोटमा पु¥याउन सफल टोलीलाई बधाई ज्ञापन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले १४ सदस्यीय खेलाडीलाई जनही ३ लाख दिने घोषणा गरेका हुन् ।

पुरस्कार रकम शुक्रबार वितरण गरिने बताइएको छ । प्रमुख प्रशिक्षक जगट टमाटालगायत टिम अफिसियललाई भने शुक्रबार नै रकम घोषणा गरिने प्रधानमन्त्री ओलीले बताए ।

‘यसअघि सरकारल नेपाली टोलीले जितेर आए पुरस्कार घोषणा गर्ने तर, लामो समयसम्म पुरस्कार नदिने चलन रहेको छ ’ प्रधानमन्त्री ओलीले भने, ‘क्रिकेट टोली शनिबार जिम्वावे प्रस्थान गर्ने कार्यक्रम रहेछ । त्यसैले पुरस्कार रकम शुक्रबारै बालुवाटारमै प्रदान गरिनेछ । ‘

राष्ट्रिय टोलीका कप्तान पारस खड्काले नयाँ सरकारलाई नेपाली क्रिकेटको विवाद सुल्झाउन आग्रह गरे । ‘यस्तो खालको सम्मानले हामीलाई थप राम्रो प्रदर्शन गर्न प्रोत्साहन मिल्नेछ । हामीले नयाँ सरकारबाट नयाँ आशा गरेका छौं ,’ पारसले भने, ‘१/२ महिनाभित्रमा नेपाली क्रिकेटको विवाद सुल्झाउन नसके जुन महिनामा आइसीसीको बैठकले नेपाललाई आजीवन प्रतिबन्ध गर्दा नेपाली क्रिकेटले सबै गुमाउने छ । यही समस्याको समाधानको बाटो देखाइदिए नेपाली क्रिकेट टिमबाट सरकारलाई यही सम्मान हुनेछ ।’

यस्तै पारसले यु–१९ र टी–२० विश्वकप खेलिसकेको अवस्थामा हामी एक दिवसीय विश्वकप खेल्नको नजिक रहेको बताए । ‘एक दिवसीय विश्वकप खेल्ने हाम्रो सपना हो । हामी नजिकै आइपुगेका छौं ।’ उनले थपे, ‘त्यसका लागि नेपालमा क्रिकेट हेर्ने आधिकारिक निकाय हुनुपर्दछ । यसो हुन सके हामी विश्वकप खेल्न योग्य हुनेछौं ।’

यस्तै मदन भणडरी स्पोर्टस् फाउन्डेसनले पनि विश्वकप छनोटमा स्थान बनाउन सफल टिमका खेलाडीलाई जनही १ लाख दिने घोषणा गरेको छ । प्रधानमन्त्रीको सम्मान कार्यक्रममा पाँच खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापक तथा टेक्निकल एनलिष्टमात्रै उपिस्थत थिए । अन्य खेलाडीहरु भने, गृह जिल्ला प्रस्थान गरेका छन् ।

१४ सदस्यीय टिममा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्त गोचन, बसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल कामी, करण केसी, मोहम्मद आरिफ शेख, सन्दिप लामिछाने, दिपेन्द्रसिंह ऐरी, दीलिपनाथ, ललित भण्डारी, अनिल कुमार शाह र रोहित कुमार पौडेल रहेका छन् ।

नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन २ मा उपविजेता बन्दै नेपाल शनिबार स्वदेश आइपुगेको थियो । नेपालले अब विश्व कप छनोटको समूह चरणमा अफगानिस्तान, स्ककल्यान्ड, हङकङ र आयोजक जिम्बावेको सामना गर्नेछ ।

समूह एमा आयरल्यान्ड्स, नेदरल्यान्ड्स, पपुवा न्युगिनी, वेस्ट इन्डिज र डिभिजन २ को विजेता युएई रहेका छन् । विश्व कप छनोटको शीर्ष २ मा रहने टोली अर्को वर्ष आयोजना हुने विश्वकपका लागि छनोट हुनेछन् ।

 

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.