8 years ago
February 20, 2018
अर्जुन कार्की
बागलुङ– विश्व क्रिकेट लिग डिभिजन २ मा क्यानाडाविरुद्धको निर्णायक खेलमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपाल राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीलाई मंगलबार गृह जिल्ला बागलुङमा भव्य स्वागत सहित सम्मान गरिएको छ । उनलाई बागलुङ नगरपालिका र जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा बागलुङ बजार परिक्रमा गराई सम्मान गरिएको हो ।
तस्बिरहरु : अर्जुन कार्की
बागलुङ नगरपालिकाले केसीलाई ५० हजार रुपैयाँबाट पुरस्कृत गर्यो । पुरस्कार नगरप्रमुख जनकराज पौडेल, उपप्रमुख सुर्यन्द्र खड्का, प्रतिनिधिसभाका सदस्य सुर्य पाठक र मन कुमारी केसीले संयुक्त रुपमा हस्तान्तरण गरे । करणले गृह जिल्लामा बोलाई सम्मान गरेकोमा खुसी लागेको जनाउँदै लागेको नगरवासीलाई सधै क्रिकेटलाई र आफुलाई माया गरिदिन अनुरोध गरे । उनले आफुलाई जस्तै सबै खेलाडीलाई सम्मान गर्न आयोजकलाई आग्रह गरे ।
नगरप्रमुख पौडेलले केसीले बागलुङ जिल्लालाई र नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाएको भन्दै सधै खेलबाट नेपालको शान अन्तराष्ट्रिय स्तरमा चिनाईराख्न अनुरोध गरे । ¥यालीमा क्रिकेट खेलाडी, खेलप्रेमी नगरवासीको सहभागिता रहेको थियो ।
करण बागलुङ नगरपालिका वडा नम्बर ८ सिगानामा जन्मेका थिए । तर एक वर्षकै उमेरमा उनी परिवारसहित भारत गएका थिए । पछि परिवारले विदेश जानको लागि पासपोर्ट बनाउन भनेपछि नेपाल आएको बेला करण क्रिकेट टोली पर्न सफल भएका थिए । त्यसपछि उनको जीवनले नयाँ मोड लिएको थियो । पछिल्लो तीन वर्षयता उनी राष्ट्रिय टोलीका सदस्य रहँदै आएका छन् ।
करणले हालै नामिवियामा सम्पन्न डिभिजन २ को समूह चरणको अन्तिम खेल क्यानाडासँगको खेलमा नेपाललाई जित दिलाउने क्रममा ३१ बलमा ४२ रन बनाएका थिए । त्यहि जितले नेपाल विश्व कप छनोटमा पुग्न सफल भएको थियो ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]