8 years ago
February 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु क्रिकेटमा सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ को अक्सन अहिले जारी छ ।
‘ए’ वर्गका खेलाडिहरुमा वसन्त रेग्मीलाई विराटनगर किङ्सले १ लाख ५० हजारमा खरिद गरेको छ । उनलाई सिवाइसी अत्तरिया, काठमाडाैं गाेल्डेन्स, रुपन्देही च्यालेन्जर्सले पनि बोली लगाएका थिए । त्यस्तै विराटनगरले पृथु बास्कोटालाई १ लाख २० हजारमा खरिद गर्न सफल रह्यो ।
महेन्द्रनगर युनाइटेडले ‘ए’ वर्गका तीन खेलाडिलाई टोलीमा भित्राउन सफल भयो । महेन्द्रनगरले करन केसीलाई १ लाख ५० हजारमा, अभिनाश कर्णलाई ८० हजारमा र आरिफ शेखलाई १ लाख ५० हजारमा खरिद गर्यो । अारिफ शेखलाई रुपन्देहि च्यालेन्जर्स बाहेक सबैले तथा करनलाई सबै टोलीले बोली लगाएका थिए ।
रुपन्देही च्यालेन्जर्सले जितेन्द्र मुखियालाई ९० हजार, प्रदिप ऐरीलाई ८० हजार र सागर पुनलाई १ लाख ५० हजारमा खरिद गर्न सफल भयो । काठमाडौं गोल्डेन्सले नरेश बुढाएरलाई १ लाख २० हजारमा खरिद गरे । त्यस्तै टिम चौराहा धनगढिले राजेश पुलामी मगरलाई ८० हजारमा खरिद गर्यो भने सुबास खकुरेल सीवाइसी अत्तरियामा ८० हजारमा बिके ।
‘ए’ वर्गमा रहेका चन्द्र साउद, राहुल विश्वकर्मा, मन्जित श्रेष्ठ, मेहबुब आलम र सन्जम रेग्मीलाई कुनै टोलीले खरिद गरेन । ‘बि’ र ‘सी’ वर्ग खेलाडिको अक्सन अहिले चलिरहेको छ ।
महेन्द्रनगर युनाइटेडको रणनीतिक खेलाडीमा विनोद भण्डारी, डिफेन्डिङ च्याम्पियन टिम चौराहा धनगढीको रणनीतिक खेलाडीमा सोमपाल कामी, सिवाइसी अत्तरियामा दिपेन्द्रसिंह ऐरी, रुपन्देही च्यालेन्जर्समा शक्ति गौचन, काठमाडौं गोल्डेन्समा ज्ञानेन्द्र मल्ल र बिराटनगर किङ्सको रणनीतिक खेलाडीमा राष्ट्रिय टिमका समेत कप्तान रहेका पारस खड्का रहेका छन् ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]