8 years ago
February 21, 2018
पोखरा (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टिमलाई डिभिजन २ बाट विश्वकप छनोट पु¥याउन महत्वपूर्ण योगदान गर्ने मध्ये खेलाडी करण केसीलाई बुधबार पोखरामा भव्य सम्मान गरिएको छ । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीको आयोजनामा उनलाई सम्मानपत्र, माला, खादाले सम्मान गरिएको हो ।
उनलाई संघिय प्रदेश ४ का उद्योग, कृषी, बन, आपुर्ती तथा वातावरण मन्त्री रामशरण बस्नेत, प्रदेश सांसद दिपक कोइराला, कृष्ण थापा, राजिब पाहारी, इन्द्र धारा विष्ट पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेल, जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम बहादुर गुरुङ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक अशोक सिंह, विभिन्न खेलकुद संघ संस्थाका अध्यक्ष तथा पदाधिकारी, खेलाडी लगाएतले सम्मान गरेका थिए ।
सम्मान कार्यक्रममा संघिय प्रदेश ४ का उद्योग, कृषी, बन, आपुर्ती तथा वातावरण मन्त्री बस्नेतले क्रिकेटर करणलाई प्रदेशका तर्फ बाट एक लाख रुपैंया प्रोत्साहन स्वरुप प्रदान गर्ने घोषणा गरे । उनले नामिबियामा नेपाली टिमले गरेको प्रर्दशनको प्रशंसा गर्दै आगामी दिनमा पनि खेलमा सर्मपित खेलाडीलाई यसरी नै प्रोत्साहन स्वरुप सम्मान गरिने बताए ।
उनले प्रदेशमा एक बहुउद्धेश्यि खेल मैदान निर्माण गर्न पहल थालिने बताउँदै आगामी प्रदेश सभाको बैठक बाट बजेट विनियोजन गरि खेलकुदको पूर्वाधार विकासमा अगाडी बढ्ने बताए । सो अवसरमा बोल्दै सम्मानित खेलाडी करणले आफुलाई सम्मानित गरेकोमा धन्यबाद दिंदै हारे पनि जिते पनि क्रिकेट लाई संघै मायाँ गर्न सबैलाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष पौडेलले धुलाम्मे मैदानमा खेलेर देशको नाम अन्तर्राष्ट्रिय जगतमा फैलाउन नेपाली खेलाडीले देखाएको अदम्य साहसको सबैले ख्ुलेर प्रशंसा गर्नु पर्ने कुरामा जोड दिए । उनले यति बेला खेलकुदमा पूर्वाधार बिकासले जिस्काएको तितो यर्थाथ रहेको जिकिर गर्दै अब खेलाडी बाट पदकको आशा मात्र होइन उनीहरुको जिवन यापन, प्रशिक्षण र पूर्वाधार बिकासका लागि राज्य ठोस योजनाका साथ अगाडी बढ्नु पर्ने बताए ।
सम्मान कार्यक्रममा मदन भण्डारी स्र्पोट्स एकेडेमीका तर्फ बाट एकेडेमीका केन्द्रिय सदस्य राजेश गुरुङले सम्मान स्वरुप सम्मानित करणलाई १५ हजार रुपैयाँ प्रदान गरेका थिए । यसै गरि रािष्ट्रय क्रिकेटर करणले पोखरामा संचालन गरेको राइजिङ स्टार क्रिकेट एकेडेमीलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीले एक वर्षका लागि आवश्यक खेल सामाग्री प्रदान गरिने पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष पौडेलले घोषणा गरेका छन् ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]