default_image

8 years ago

February 24, 2018

विश्व कप छनोट खेल्ने नेपाली टोली जिम्बावेतर्फ

164 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली क्रिकेट टोली एक दिवसिय विश्व कप क्रिकेट खेल्ने योजनालाई मुर्तरुप दिने प्रयाससँगै शनिबार राती यात्रामा निस्केको छ । दुईब हुँदै नेपाली टोली भोली जिम्बावे पुग्नेछ । जिम्बावेमा फागुन २० गते सुरु हुने आइसिसी विश्व कप छनोटमा चुनौती प्रस्तुत गर्न नेपाली टोली यात्रामा निस्केको हो ।

१० राष्ट्रको सहभागिता रहेको विश्व कप छनोटमा नेपाल समूह बीमा रहेको छ । नेपालले समूह चरणमा टेस्ट मान्यता प्राप्त राष्ट्र आयोजक जिम्बावे, अफगानिस्तानसँगै स्कटल्यान्ड र हङकङको सामना गर्नुपर्नेछ । राउन्ड रोविन लिगपछि समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । अर्को समूहमा आयरल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी , वेस्ट इन्डिज र युएई छन् ।

हालै नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन २ को विजेताका रुपमा युईए र उपविजेताका रुपमा नेपाल छनोटमा पुग्न सफल भएका थिए । सुपर सिक्समा पुग्ने टोलीले एक दिवसिय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नेछ । त्यस्तै सुपर सिक्स पुग्ने टोलीले इन्टर कन्टिनेन्टल कप र आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप पनि खेल्न पाउनेछन् ।

विश्व कप छनोटअघि नेपालले दुई अभ्यास खेल खेल्ने टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । युएईसँग मंगलबार प्रतिस्पर्धा गर्ने नेपालले फागुन १७ मा हङकङको सामना गर्नेछ ।

नेपाली क्रिकेट टोली
कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्त गोचन, बसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल कामी, करण केसी, मोहम्मद आरिफ शेख, सन्दिप लामिछाने, दिपेन्द्रसिंह ऐरी, दीलिपनाथ, ललित भण्डारी, अनिल कुमार शाह, रोहित कुमार पौडेल, ललित नारायण राजवंशी ।

प्रशिक्षक -जगत टमाटा
व्यवस्थापक तथा टेक्निकल एनालिस्ट– रमन शिवाकोटी
फिजियोथेरापिस्ट– दिनेश भट्ट
फिजिकल ट्रेनर– सुभाष पात्रो,
ब्याटिङ्ग कन्सल्ट्यान्ट– उमेश पटवाल
भिडियो एनालिस्ट -सुरज शाक्य

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.