8 years ago
February 27, 2018
सुरज भण्डारी
डलास/अमेरिका –अमेरिकामा रहेको नेपाली क्रिकेट क्लब नेपाली राइनोजले अमेरिकामा संचालन हुने टुएक्स क्रिकेट युएसए कपमा यसपटक पनि भाग लिने भएको छ । राइनोज सगैं अमेरिकाका विभिन्न राज्यका साथैं अन्य देशमा रहेका व्यवसायिक क्रिकेट क्लबको सहभागिता प्रतियोगितामा रहने बताइएको छ ।
प्रतियोगितामा नेपाली राइनोजका साथैं अमेरिकाका लस भेगास चार्जस, ह्युष्टन स्पार्कस,युएइ फाल्कोन, पन्जाव लायन्स,क्यानडा युनाइटेड, डलास ग्लाडियर्स र मियामी नाइट राइर्डस क्लबले प्रतिस्पर्धा गर्नेछन् । गत वर्षबाट सुरु गरिएको प्रतियोगिताको नेपाली राइनोज साविक विजेता पनि हो ।
क्लबहरुबाट विभिन्न देशका अन्तराष्ट्रिय खेलाडीहरु समेत सहभागि हुने प्रतियोगितामा नेपाली राइनोजबाट पछिल्लो संस्करणमा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का, ज्ञानेन्द्र, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, पृथु बास्कोटा, सिद्दान्त लोहोनी, सुवास खकुरेल लगायतले खेलेका थिए ।
अप्रिल २५ देखि २९ सम्म टेक्ससको ह्युष्टनमा हुने प्रतियोगिताका लागि यस पटक पनि नेपाली राइनोजवाट नेपाली राष्ट्रिय टोलीका खेलाडी सहभागि गराउने तयारी गरिएको क्लबले जनाएको छ । ‘साविक विजेता भएकाले पनि राइनोजले प्रतिष्ठाको हिसाबले समेत राम्रो खेल देखाउनुपर्ने उल्लेख गर्दै क्लबका संस्थापक मध्येका एकसागर पन्तले भने, हामी राम्रा खेलाडी ल्याउने प्रयास गर्ने छौं । पछिल्लो समय राम्रो गरिरहेका युवा खेलाडीलाई समेत ल्याउने हाम्रो तयारी छ ।’
सागरले क्लबको आर्थिक अवस्था, नेपाली राष्ट्रिय खेलाडीको समय तालिका, अन्तराष्ट्रिय प्रतियोगिता हेरेर क्लबको खेलाडीहरु तय गरिने जनाए । ‘अमेरिकामा रहेका हाम्रा खेलाडी र नेपालवाट समेत खेलाडी ल्याएर राम्रो टिम बनाउने कोशिस रहन्छ ,’ सागरले थपे, ‘यसका लागि क्लबलाई माया गर्नेहरुको सहयोगको पनि उत्तिकै खाचो रहन्छ ।’
गत वर्ष फाइनलमा आयोजक ह्युष्टन स्पार्कसलाई हराएको राइनोजले ६० हजार २ सय ५० अमेरिकी डलर जितेको थियो । यो वर्ष पहिलो हुनेलाई ७५ हजार अमेरिकी डलर पुरस्कार राखिएको छ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]