8 years ago
February 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ लाई जगदम्वा इन्टर प्राइजेजको जगशक्ति टिएमटी बारले सह–प्रयोजन गरेको छ ।
घरेलु क्रिकेटमा सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ लाई जगदम्वा इन्टर प्राइजेजको जगशक्ति टिएमटी बारले १ वर्षको लाग सह–प्रायोजन १० लाख रुपैयाको प्रयोजन गरेको हो । सम्झौता पत्रमा मंगलबार धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास बहादुर शाही र जगदम्वा इन्टर प्राइजेजको जगशक्ति टिएमटी बारका सिनियर जनरल म्यानेजर जगतराज ढुंगानाले हस्ताक्षर गरे । जगशक्तिले अघिल्लो वर्ष पनि १ वर्षकै लागि प्रयोजन गरेको थियो । सम्झौता पत्रमा हस्ताक्षर गर्दै जगदम्बाका सिनियर जनरल म्यानेजर ढुंगानाले डीपीएलले नेपाली क्रिकेटमा व्यवसायिकता भित्र्याएको भन्दै लुकेर रहेका क्रिकेटका प्रतिभाहरुलाई बाहिर निकाल्न यस्ता प्रतियोगिताहरु देशमा हुन आवश्यक रहने बताए ।
यस्तै आयोजक डीसीएका अध्यक्ष शाहीले अघिल्लो संस्करणमा साथ दिएका प्रायोजकहरुले यस संस्करणमा पनि साथ दिएकाले आयोजकका हिसाबले त्यो आफूहरुको सफलता भएको बताए । डीपीएललाई मुख्य प्रायोजन रुस्लानले गरेको छ । यस्तै आयोजकले डिपिएल–२ को तयारी तीव्र रुपमा अघ बढिरहेको जानकारी दिए ।
प्रतियोगितामा टिम चौराहा धनगढी, सीवाईसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्स गरि ६ टिमको सहभागिता रहेको छ । प्रतियोगिता टी–२० को आधारमा हुनेछ । लिग चरणमा प्रत्येक टिमले अरु टिमसँग एक–एक खेल खेल्ने छन्। शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसको पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ ।
डिपिएल–२ को विजेतालले २५ लाख तथा उपविजेताले१० लाख रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो हुनेलाई ३ लाख र चौथोलाई २ लाख पाउनेछ । प्रत्येक खेलका म्यान अफ दि म्याचले १० हजार तथा प्रतियोगिताको म्यान अफ द सिरिजले टीभीएस अपाचे १८० सीसीको मोटरसाइकल पाउनेछ । उत्कृष्ट ब्याटस्म्यान र बलरको पुरस्कार पनि दिइनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामामा सहभागी एक पूर्व खेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान १ व्यक्तिलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ स्वरुप १÷१ लाख रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । डिपिएल चैत १७ बाट वैशाख १ गतेसम्म हुनेछ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]