8 years ago
February 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेनगेट इन्टरनेसनल कलेजले क्यारेबियन कप अन्तरकलेज टि– ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
पुल्चोक इन्जिनियरिङ कलेजको मैदानमा बुधबार भएको फाइनलमा गोल्डेनगेटले पाटन बहुमुखी क्याम्पसलाई ६ विकेटले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । पहिले ब्याटिङ गरेको पाटनले निर्धारित २० ओभरमा ५ विकेट क्षतिमा १ सय ७ रनको योगफल खडा गरेको थियो । पाटनका सुवास धामीले ३४ तथा राजन चौधरीले ३२ रन जोडे ।
बलिङतर्फ गोल्डेनगेटका दिनेश अधिकारीले २ विकेट लिए । जवाफमा गोल्डेनगेटले १२ ओभर २ बलमा ४ विकेट गुमाएर १०८ रन जोड्दै उपाधि हात पार्यो । गोल्डेनगेटको जितमा ‘म्यान अफ द म्याच’ जितेन्द्रसिंह ठकुरीले ५६ रन योगदान दिए । रवि शाहले १९ रन बनाए । पाटनका युवराज जोशीले २ विकेट हात पारे । उपाधिसंग गोल्डेनगेटले १ लाख नगद पुरस्कार पायो भने पाटनले ५० हजार नगदमा चित्त बुझायो ।
क्यारेबियन कलेज अफ म्यानेजमेन्टद्वारा आयोजित प्रतियोगितामा समावेश तीनै विधागत उपाधि गोल्डेनगेटका जितेन्द्रले हात पारे । जितेन्द्र ‘म्यान अफ द सिरिज’, उत्कृष्ट बलर तथा सर्वाधिक स्कोरकर्ता बने । उनले ब्याटिङतर्फ प्रतियोगिताभर २ सय ४१ रन बनाए । त्यसमा एक शतक पनि सामेल छ । बलिङमा उनले ७ विकेट लिएका थिए । जितेन्द्रले ‘म्यान अफ द सिरिज’ का लागि १० हजार नगद पुरस्कार पाए भने बाँकी दुईका लागि समान ५–५ हजार नगद पुरस्कार प्राप्त गरे ।
विजेतालाई ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल, हिसानका अध्यक्ष एवं गोल्डेनगेटका प्रमुख कार्यकारी अधिकृत रमेश सिलवाल, क्यारेबियनका प्रमुख कार्यकारी अधिकृत डा. गणेशकुमार श्रेष्ठ र क्यारेबियनका प्रिन्सिपल चन्द्रायन श्रेष्ठले एक कार्यक्रमबीच पुरस्कृत गरे । फागुन ९ गतेदेखि सुरु नकआउट प्रतियोगितामा १६ टिम सहभागी थिए ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]