8 years ago
February 28, 2018
मुम्बई (एजेन्सी) – भारतीय पूर्व क्रिकेट खेलाडी राहुल द्रभिड भारतीय यू-१९ टोलीले विश्व कपको उपाधि जित्दाका प्रशिक्षक थिए । प्रतियोगिताको विजेता टोलीका खेलाडी र प्रशिक्षकलाई बिसीसीआईले नगद सहित सम्मान गर्दा प्रशिक्षक द्रभिडले पाएको राशि घटाउन बिसीसीआई समक्ष आग्रह गरेको खुलासा बिसीसीआईले गरेको छ ।
बिसीसीआईले मुख्य प्रशिक्षकलाई ५० लाख भारतीय रुपैंया र खेलाडीहरुलाई ३० लाख भारु सहित सम्मान गर्ने निर्णय गरेको थियो । त्यस्तै टोलीका अन्य अफिसियलहरुले २० लाख भारु पाउने निर्णय भएको थियो ।
तर भारतीय क्रिकेट बोर्डको बिसिसिआईको प्रशासन समितिका प्रमुख बिनोद राईका अनुसार द्रभिडले खेलाडी भन्दा धेरै राशि नलिने भन्दै उनले पाउने पुरस्कार कम गर्न बिसीसीआईलाई आग्रह गरेको बताए ।
राईका अनुसार द्रभिड आफुले अन्य स्टाफ भन्दा धेरै रकम नलिने आग्रह गरेपछि द्रभिड लगायत अन्य टोलीका अफिसियलहरुलाई २५ लाख दिने निर्णय बिसीसीआईले गरेको छ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]