default_image

8 years ago

March 26, 2018

बागलुङलाई धौलागिरी कप क्रिकेट उपाधि

153 views

0 Bookmark

अर्जुन कार्की
बागलुङ– आयोजक बागलुङ क्रिकेट क्लबले पाँचौ धौलागिरि कप तथा चैत्राष्टमी टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पोखराको राइजिङ क्रिकेट एकेडेमीलाई सोमबार ५२ रनले हराउँदै बागलुङ च्याम्पियन बनेको हो ।

बागलुङको बाङ्गेचौर खेल मैदानमा फाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागलुङले सुरुवात राम्रो गर्न सकेन । तर, ओपनर पुरणसिंह ठकुरी र पाचौ नम्बरमा ब्याटिङ गरेका किरण ठगुन्नाले अर्धशतक पुरा गरेपछि बागलुङले ७ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको थियो । किरणले ४१ बलमा ६९ रन र पुरणसिंहले ४९ बलमा ५२ रन बनाए । राइजिङका विनय भण्डारीले ३, मुकिल यादव र करण केसीले समान २ विकेट लिएका थिए ।

१ सय ७६ रनको लक्ष्य सहित मैदान उत्रेको राइजिङले पनि राम्रो सुरुआत गर्न सकेन ।१७.५ ओभरमा अलआउट भएको राइजिङले १ सय २३ रन मात्र बनाउन सक्यो । टोलीका ओपनर करण केसीले २६ बलमा ३८ रन र सातौ नम्बरमा व्याटिङ गर्न आएका विनय भण्डारीले ३७ रन बनाए । अन्य खेलाडीले भने राम्रो प्दर्शन गर्न सकेनन् । बागलुङका महोमदले ३, विक्की गाँजी, विक्रम सोव, किरण ठगुन्नाले समान २ विकेट लिएका थिए ।

विजेता बागलुङले १ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा राइजिङले ५५ हजार५ सय ५५ रुपैयाँ प्राप्त ग¥यो । विजेता टोलीका किरण ठगुन्ना म्यान अफ दी सिरिज घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे । किरणले १ सय ४३ रन बनाउनुका साथै ७ विकेट लिएका थिए । ११ विकेट लिएका बागलुङका विक्रम सोब उत्कृष्ट बल तथा १ सय ९१ रन बनाएका सोही क्बलका पुरुणसिंह ठकुरी उत्कृष्ट ब्याट्सम्यान घोषित भए ।

विक्रम र पुरुणसिंहले समान ५ हजार रुपैयाँ प्राप्त गरे । बानपा–५ मालिकाका सुनिल जिसी उदीयमान खेलागडी र स्याङ्जा प्रतियोगिताको अनुसाशित टोली घोषित भयो । बागलुङ क्रिकेट क्लब, फ्युचर स्पोर्टस् क्लब र चैत्राष्ट्रमी मेला २०७४ व्यवस्थापन समितिकोले संयुक्त रुपमा प्रतियोगिता आयोजना गरेका थिए ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.