default_image

8 years ago

March 26, 2018

नेपालले लर्ड्समा त्रिकोणात्मक टि–ट्वान्टी श्रृंखला खेल्ने

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हालै एक दिवसिय मान्यता प्राप्त गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले इङ्ल्यान्डको लर्ड्स क्रिकेट मैदानमा त्रिकोणात्मक टि ट्वान्टी क्रिकेट श्रृखंला खेल्ने भएको छ ।

नेपाली क्रिकेट टोली । फाइल तस्बिर

मेरिलबोन क्रिकेट क्लब (एमसीसी) ले सोमबार विज्ञप्ती जारी गर्दै नेपाल, नेदरल्यान्ड्स र एमसीसीबीचमा टि ट्वान्टी श्रृखंला आयोजना गर्ने जनाएको छ । जुलाई २९ लर्ड्स क्रिकेट मैदानमा हुने प्रतियोगितामा सहभागी तीन टिमले एक अर्कासँग खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । श्रृंखलाको पहिलो खेल बिहान र फाइनल खेल साँझ हुनेछ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले ‘होम अफ क्रिकेट’ भनेर चिनिने लर्डस्मा एकपटक खेल्न पाउनु नेपाली क्रिकेटका लागि सुखद खबर भएको बताएका छन् । नेपाललाई आमन्त्रण गरेकोमा एमसीसीलाई धन्यवाद दिदै पारसले यो समरमा क्रिकेटले केही फड्को मार्ने विश्वास व्यक्त गरेका छन् ।

एमसिसीका क्रिकेट प्रमुख जोन स्टेफेनसनले नेपाल र नेदरल्यान्ड्सलाई लर्डसमा स्वागत गर्न पाउँदा निकै गौरवान्वित भएको बताएका छन् । नेपालले सन् २०१६ को जुलाई १९ मा लर्ड्समा पहिलो खेल खेलेको थियो । एमसिसीबिरुद्धको खेलमा नेपालले ४१ रनको जित हात पारेको थियो । नेदरल्यान्ड्ले भने २०१२ मा ४० ओभरको प्रतियोगिता खेलेको थियो ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.