8 years ago
March 26, 2018
काठमाडौं (हाम्रो खेलकुद)– धनगढीमा सुरु हुने सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग ९डिपिएल०–२ को डिजिटल पार्टनरको रुपमा मनोरञ्जन सेवा प्रदायक आईफ्लिक्स जोडिएको छ । सम्झौतामा आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) का अध्यक्ष सुवास शाही र आइफ्लिक्सका नेपालका लागि कन्ट्री म्यानेजर भावना घिमिरेले हस्ताक्षर गरिन् ।
सम्झौतासँगै आईफ्लिक्सले डीपीएलका खेलहरु विशेष प्रशारण गर्नेछ । सम्झौतापछि घिमिरेले डिपिएल क्रिकेट अनलाइन प्रसारण गर्न पाउँदा गौरवान्वित भएको बताइन् । ‘नेपालको इतिहासमै पहिलोपटक नेपाली क्रिकेटप्रेमीहरुले डिजिटल प्लेटफर्ममार्फत अनलाइन क्रिकेट लाइभको आनन्द लिन गैरहेका छन् । सबैको प्रतीक्षामा रहेको यो प्रतियोगिता जुनसुकै ठाउँमा जतिबेला पनि अनलाइनबाट हेर्न सकिनेछ ’ कन्ट्री म्यानेजर घिमिरेले भनिन्, ‘नेपालका क्रिकेट प्रेमीहरूमाझ यो अवसर पस्कन पाउँदा हामी एकदमै उत्साहित छौं, रुस्लान डिपिएलको एकमात्र अनलाइन प्रसारण प्लेटफर्म हुन पाएकोमा गर्ववान्वित छौं ।’
यस्तै डिसिएका अध्यक्ष शाहीले आईफ्लिक्सको विश्वस्तरीय प्रविधि तथा सेवाबाट यो प्रतियोगिता लाखौं क्रिकेट खेलप्रेमीहरूलाई देखाउन आतुर रहेको बताए । ‘स्पष्ट अनलाइन स्ट्रिमिङ प्रदान गर्ने आईफ्लिक्स जस्तो सुपरिचित मार्केट लिडरसँग पार्टनरसीप गरेर नेपाली क्रिकेटप्रेमी माझ क्रिकेट शृंखला अनलाइन देखाउन पाउँदा अत्यन्तै उत्साहित छौं , अध्यक्ष शाहीले भने, आईफ्लिक्सको विश्वस्तरीय प्रविधि तथा सेवाका साथमा लाखौं क्रिकेट खेलप्रेमीहरूलाई नजिकबाट सम्पूर्ण प्रतियोगिता देखाउन हामी आतुर छौं ।’
डिपिएल–२ १७ चैतबाट सुरु हुँदैछ । लिगमा विराटनगर किङ्स, काठमाडौं गोल्डेन्स, सीवाईसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड र टिम चौराहा धनगढीले प्रतिस्पर्धा गर्नेछन् ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]