default_image

8 years ago

March 27, 2018

विराटनगरमा एक दिवसीय ‘विराट क्रिकेट कप’ हुने

111 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगरमा पहिलोपटक एक दिवसीय विराट क्रिकेट कप प्रतियोगिता आयोजना हुने भएको छ ।

पूर्वाञ्चल क्रिकेट एकेडेमीले काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी विराटनगरमा पहिलोपटक एक दिवसीय विराट क्रिकेट कप प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए ।

पूर्वाञ्चल क्रिकेट एकेडेमीका सचिव सुवरथ पौडेलले पूर्वाञ्चलका पूर्व राष्ट्रिय खेलाडीहरु नरेश श्रेष्ठ र युनिल श्रेष्ठको पहलमा पहिलोपटक एक दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको बताए । ‘नेपालले भर्खरै एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको छ । अहिलेको अवस्थामा एक दिवसीय प्रतियोगिता नै उचित हुने ठानेर एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको हो ।’ अध्यक्ष सुवरथ पौडेलले पत्रकार सम्मेलनमा भने, ‘नयाँ खेलाडी उत्पादन गर्ने हाम्रो लक्ष्य हो । घरेलु क्रिकेटमा टी–ट्वान्टी क्रिकेट प्रतियोगिता धेरै भैरहेको समयमा हामीले एक दिवसीय क्रिकेट आयोजना गर्ने जमर्काे गरेका छौं । शुरुवातमा केही समस्या आएपनि हामी यस प्रतियोगितालाई निरन्तरता दिनेछौं ।’

यस्तै राष्ट्रिय टिमका कप्तान पारस खड्काले एक क्लब आफै इनिसिएट भएर यसरी एक दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्नु नेपाली क्रिकेटको लागि राम्रो हुने बताए । उनले नेपालमा ५० ओभरको खेल धेरै नभएको अवस्थामा यस्ता प्रतियोगिताले एक दिवसीय खेलको लागि राम्रा खेलाडी उत्पादनमा मद्दत गर्ने समेत बताए ।

प्रतियोगिता विराटनगरस्थित पुलिसको तालिम केन्द्रको खेल मैदानमा हुनेछ । प्रतियोगितामा ८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । आयोजकका सचिव पौडेलले फ्रेन्चाइज बेसमा जान नसके क्लब बेसमा भएपनि प्रतियोगिता हुने जानकारी दिए । प्रतियोगिताको मिति अर्काे वर्षको वैशाख २० देखि ५ जेठ सम्मको लागि तोकिएको छ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागिता जनााएको ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको पुरस्कार राशि भने खुलाइएको छैन ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.