8 years ago
March 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको दीपक गुप्ता मेमोरियल (डिजिएमटी) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता जनकपुरमा हुने भएको छ ।
मैदान अभावका कारण तीन वर्षदेखि रोकिएको (डिजिएमटी) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण आगमी वैशाख पहिलो साताबाट हुने धनुषा जिल्ला क्रिकेट संघले काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गरायो । मैदानकै अभावका कारण ३ वर्षपछि पुनः प्रतियोगिता सञ्चालन गरेको आयोजकले बताएको छ ।
प्रतियोगिता वैशाख ७ गतेदेखि १५ गतेसम्म जनकपुरको बाह्रविघा खेल मैदानमा हुँदैछ । टि–ट्वान्टी फम्र्याटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा नेपालबाट ६ र दुई भारतीय गरी ८ टिमले खेल्नेछन् । राउण्ड रोविन लिगको आधारमा हुने खेलमा टिमलाई दुई समूहमा विभाजन गरिने आयोजकले बताएको छ । प्रतियोगिताको विजेताले ३ लाख ११ हजार नगदसहित ट्रफि हात पार्नेछ भने उपविजेताले १ लाख ७१ हजार नगदसहित ट्रफि हात पार्नेछ ।
पहिलो संस्करण २०६९ मा एपीएफ च्याम्पियन बनेको थियो । २०७१ मा भएको दोस्रो संस्करणमा भने आर्मी च्याम्पियन बन्न सफल भएको थियो ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]