8 years ago
March 29, 2018
भैरहवा (हाम्रो खेलकुद)– लुम्बिनी लायन्स भैरहवामा जारी तेस्रो नेपाल मारवाडी टि ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा जनकपुर ब्लास्टर्सलाई बिहीबार ९ विकेटले हराउँदै लुम्बिनी लायन्स अन्तिम दुईमा पुगेको हो ।
सिद्धार्थ रंगशालामा १ सय ३३ रनको लक्ष्य पछएको लुम्बिनी लायन्सले १४.१ ओभरमा मात्र १ विकेट गुमाएर १ सय ३८ रन बनाउँदै नतिजा आफ्नो पक्षमा पार्यो । टोलीका लागि शुभम अग्रवालले अर्धशतक पुरा गरे । शुभमले ९० र सौरभ अग्रवालले ४२ रन बनाए । जनकपुरका राहुल नाहरले १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले ९ विकेटको क्षतिमा १ सय ३२ रन बनाएको थियो । टोलीका राहुल नाहरले ४५, चन्दन टेकडीवालले २८ तथा कुमाल गोयनकाले १२ रन बनाए । भैरहवाका दामोदर शर्मा, सोेमेश अग्रवाल र शुभमले समान २ विकेट लिए । शुभम अग्रवाल म्यान अफ द म्याच घोषित भए ।
लुम्बिनीले उपाधिका लागि विराटनगरसँग प्रतिस्पर्धा गर्ने छ । नेपाल राष्ट्रिय मारवाडी युवा संगठनको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल चैत १८ गते काठमाडौं स्थित कीर्तिपुर मैदानमा हुनेछ । प्रतियोगिताको विजेताले ७५ हजार तथा दोस्रो हुने टोलीले ३५ हजार रुपैयाँ प्राप्त गर्ने मारवाडी युवा मञ्च भैरहवाका अध्यक्ष मनोज अग्रवालले बताए ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]