default_image

8 years ago

March 30, 2018

रुस्लान डिपिएल २ भोली सुरु हुने, ट्रफी सार्वजनिक

122 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)– धनगढीमा शनिबार सुरु हुने रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल० २को शुक्रबार ट्रफी सार्वजनिक गरिएको छ । डिपिएल सञ्चालन हुने संघीय प्रहरी कार्यालयको खेल मैदानमा आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही तथा सहभागी ६ टोलीका कप्तानको सहभागितामा ट्रफी सार्वजनिक गरेको हो ।

प्रतियोगितामा सहभागी साविक विजेता टीम धनगढीका कप्तान सोमपाल कामी, कञ्चनपुर युनाईटेडका कप्तान विनोद भण्डारी, सिवाईसी अत्तरीयाका कप्तान सुवास खकुरेल, काठमाण्डौ गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्ल र विराटनगर किंग्सका कप्तान पारस खड्का सहभागी थिए ।

मैदानमा पिच निर्माण, अस्थायी प्याराफिट निर्माण लगायत आवश्यक सबै तयारी पुरा भएको बताइएको छ । डिपिएलको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगतवहादुर सुनारले उद्घाटन गर्ने कार्यक्रम तय भएको बताइएको छ । उद्घाटन खेलमा साविक विजेता टीम धनगढी र काठमाण्डौ गोल्डेन्स भिड्दैछन् ।

टीम धनगढीका कप्तान सोमपाल कामीले घरेलु टोली भएका कारण आफुहरुलाई दर्शकको राम्रो साथ रहने बताए । काठमाण्डौ गोल्डेन्स पनि उद्घाटन खेल जितेर सुखद सुरुवातको पक्षमा रहेको छ । टोलीका कप्तान ज्ञानेन्द्र मल्लले सवै खेलाडी फिट भएकोले जित्नेमा आशावादी रहेको बताए ।

३ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको विजेताले २५ लाख, दोस्रो हुने टोलीले १० लाख, तेस्रोले ३ र चौथो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

December 15, 2025

यु १९ एसिया कप – बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌ खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]

Success

Thank you for your time.