8 years ago
April 14, 2018
बैंगलुरु (एजेन्सी)– रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो जित दर्ता गराएको छ । किङ्स ११ पञ्जाबलाई बिहिबार ४ विकेटले हराउँदै विराट कोहलीको कप्तानीमा रहेको बैंगलोरले दोस्रो खेलमा पहिलो जित दर्ता गराएको हो । पञ्जाबले आफ्नो पहिलो खेल जितेको थियो ।
१ सय ५६ रनको लक्ष्य पछ्याएको बैंगलोरले ३ बल बाँकी रहँदा ६ विकेट गुमाएर १ सय ५९ रन जोड्दै जित हासिल गरेको हो । टोलीका लागि एबी डि भिलयर्सले अर्धशतक पुरा गरे भने ओपनर क्विन्टन डी ककले ४५ रन बनाए । कप्तान विराटले २१ रन बनाए । वासिङटन सुन्दरले अविजित ९ र क्रिस वाक्सले अविजित १ रन जोडे ।
डी भिलियर्सले ४० बलमा ४ छक्का र २ चौकासहित ५७ रन बनाएका थिए । डी ककले ३४ बलमा ७ चोका र १ छक्का प्रहार गरे । पञ्जाबका लागि कप्तान रविचन्द्रन आश्विनले २, अक्षर पटेल, मुजिब उर रहमान र एन्ड्रयू टेले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको किङ्स ११ पञ्जाबले निर्धारित २० ओभरमा ४ बलअघि सबै विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । टोलीका लागि लोकेश राहुलले सर्वाधिक ४७ रन बनाएका थिए । ३० बल खेलेका राहुलले ४ छक्का र २ चौका प्रहार गरेका थिए । रविचन्द्रन आश्विनले ३३ रन, करुण नायरले २९, मयंक अग्रवालले १५ र मार्कुस स्टोनिसले ११ रन बनाएका थिए ।
आश्विनले २१ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए । करुणले २६ बलमा ३ चौका प्रहार गरे । रोयल च्यालेन्सर्ज बैंगलोरका लागि उमेश यादवले ३, क्रिस वाक्स, कुल्वन्त केजरोयिा र वासिङ्टन सुन्दरले समान २ र युजभेन्द्र चाहलले १ विकेट लिएका थिए ।
आइपिएलमा समान ४ अंक जोडेका सनराइजर्स हैदरावाद शीर्षस्थान र चेन्नाई दोस्रो स्थानमा छ । पञ्जाब, बैंगलोर, कोलकाता नाइट राइजर्स, राजस्थान रोयल्सको समान २ अंक छ । सबै ८ टोलीले २ खेल खेलिसक्दा मुम्बई इन्डियन्स र नेपाली खेलाडी रहेको दिल्ली डेयर डेभिल्सले अंक जोड्न बाँकी छ ।
आइपिएलमा शनिबार २ खेल हुनेछन् । पहिलो खेलमा मुम्बई इन्डियन्स र दिल्ली डेयरडेभिल्स तथा दोस्रो खेल कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]