8 years ago
April 14, 2018
मुम्बई (एजेन्सी) – आइपिएलमा लगातार दुई खेलमा पराजित दिल्ली डेयरडेभिल्सले पहिलो जित निकालेको छ। दिल्लीका लागि यो सिजन पहिलो खेल खेलेका जेसन रोइको उत्कृष्ट ब्याटिंगको मद्दतले मुम्बई इन्डियन्सलाई दिल्लीले ७ विकेटले पराजित गर्यो। नेपाली यूवा स्पिनर सन्दीप लामिछानलेले यस खेलमा पनि अवसर पाएनन्।
१ सय १९५ रनको लक्ष्य पछ्याएको दिल्लीले जेसन रोईको शानदार ब्याटिंगको मद्दतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। रोइले ६ छक्का र ६ चौकाको मद्दतले ५३ बलको सामना गर्दै ९१ रन बनाए। कप्तान गौतम गम्भीर १५ रनमा आउट भएपछि रिशभ पन्तले उनलाई राम्रो साथ दिए। रिशभले २५ बलको सामना गर्दै ४७ रनको योगदान दिए।
अन्तिम ओभरमा दिल्लीलाई ११ रन आवश्यक हुँदा रोइले पहिलो बलमा चौका र दोस्रो बलमा छक्का प्रहार गर्दै दिल्लीलाई जित नजिक पुर्याए पनि पछिल्लो ३ बलमा कुनै रन बनाउन नसक्दा दबाबमा रहेका उनलेअन्तिम बलमा रन लिदै जित दिलाए ।
त्यसअघि दिल्लीले टस जितेर बलिङ गर्ने निर्णय लिएपछि मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो। ओपनर सुर्यकुमार याधभ र एभिन लेविसबीचको १ सय २ रनको साझेदारी बनेपछि मुम्बईले राम्रो स्कोर खडा गरेको थियो। याधभले ५३ तथा लेविसले ४८ रनको योगदान दिए। त्यस्तै इशान किसनले ४४ रन बनाए। दिल्लीका ट्रेन्ट बोल्ट, ड्यानियल क्रिस्टियन र राहुल टेवाटियाले समान २ विकेट लिए।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]