8 years ago
April 15, 2018
बैंगलोर (एजेन्सी) – रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्ससँग घरेलु मैदानमा पराजित भएको छ। २ सय १८ सनको विशाल लक्ष्य पछ्याएको बैंगलोर १९ रनले पराजित भएको हो।
टस जितेर राजस्थानलाई ब्याटिंगको निम्तो दिएपछि सन्जु साम्सनको उत्कृष्ट पारीको मद्दतमा राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १७ रन बनायो। साम्सन ४५ बलको सामना गर्दै २ चौका र १० छक्काको मद्दतले ९२ रन बनाउँदै नट आउट रहे। ओपनर अजिन्क्या रहानेले ३६ रनको योगदान दिए भने बेन स्टक्सले २७ तथा जोस बटलरले २३ रन बनाए।
जवाफमा बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९८ रन बनायो। ओपनर ब्रेण्डन मेककलम सस्तैमा आउट भएपछि कप्तान विराट कोहलीले बैंगलोरलाई राम्रो सुरुआत दिलाएका थिए। डी ककसँग ७७ रनको साझेदारी बनाएका कोहलीले ५७ रन बनाए। डी कक २६ रन बनाउँदै पबेलियन फर्किए। एबी डी भिलियर्स २० रनमा आउट भएपछि मन्दिप सिंह र वासिङ्टन सुन्दरको प्रयास काफी रहेन। सुन्दर १९ बलमा ३५ रन बनाउँदै आउट भए भने सिंह ४७ रनमा नटआउट रहे।
यो राजस्थान रोयल्सको तेस्रो खेलमा दोस्रो जित हो भने तीन खेल खेल्दा बैंगलोर २ मा पराजित भएको छ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एएफसी यु-१९ एसिया कपमा साविक विजेता बंगलादेशको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान १०:४५ बजे सुरु हुनेछ। एएफसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो। जारी एसिया कपको पहिलो खेलमा नेपाली टोली ८ विकेटले पराजित भएको थियो। नेपालले २८.५ […]