8 years ago
May 11, 2018
जयपुर (एजेन्सी)– इन्डियन प्रिमियर लिग (आइपिएल) को अंकतालिका दोस्रो स्थानमा रहेको चेन्नई सुपर किङ्सले शुक्रबार राजस्थान रोयल्सलाई १ सय ७७ रनको विजय लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले सुरेश रैनाको अर्धशतकसँगै निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको छ । सामूहिक प्रदर्शन गर्ने क्रममा ओपनर शेन वाट्सनले ३९, कप्तान महेन्द्र सिंह धोनीले अविजित ३३, साम बिलिङ्सले २७ र अम्बाटी रायडुले १२ रन बनाएका थिए ।
रैनाले ३५ बल खेल्दै ६ चौका र १ छक्काको मद्दतमा टोलीका लागि सर्वाधिक ५२ रन बनाए । ३१ बल खेलेका वाट्सनले २ छक्का र २ चौका प्रहार थरे । त्यस्तै धोनीले २३ बलमा १ छक्का र १ चौका प्रहार गरे ।
राजस्थानका जोफ्रा आर्चरले २ र इश सोदीले १ विकेट लिए । १० खेलमा चेन्नईको १४ अंक छ भने छैटौं स्थानमा रहेको राजस्थानको ८ अंक छ । १६ अंकसहित शीर्षस्थानमा रहेको सनराइजर्स हैदराबाद प्ले अफका लागि छनोट भइसकेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]